निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

सारांश

  • रत्ननगर, चितवन, २३ चैत , चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ ।
  • निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।
  • मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई गस्तीमा परिचालन गरिएको हो ।

रत्ननगर, चितवन, २३ चैत , चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई गस्तीमा परिचालन गरिएको हो ।

निकुञ्जको विभिन्न सेक्टरले आ–आफ्नो समय मिलाएर गस्ती गरिरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । दुर्लभ एकसिंगे गैंँडा र पाटेबाघको मुख्य वासस्थान चितवन निकुञ्ज हो ।

विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।

यो उपलव्धिलाई कायम राख्न समेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर राति टोली परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

राति ९ बजेदेखि शुरु हुने गस्ती बिहान ४ बजेसम्म नै चल्नेछ । उहाँका अनुसार पूर्वी सेक्टरमा मात्रै दुई टोली परिचालन गरिएको छ ।

“तस्करको निगरानी त छुट्टै छ, जंगलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामा समेत टोली रातभर नै खटाइने गरिएको छ,” पाठकले भन्नुभयो ।

बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले समेत निशाना बनाउनसक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती शुरु भएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायतका पाइन्छन् । निकुञ्जको तथ्याँकमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँंडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंँडा र १२० पाटेबाघ रहेको तथ्याँक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
‘थ्रेड’ जुलाई ६ मा लन्च हुने: मेटाको नयाँ एपले ट्विटरसँग प्रतिस्पर्धा गर्ने
Kunal Roy Kapur starrer ‘Hotel Milan’ first look poster is out!
Kunal Roy Kapur starrer ‘Hotel Milan’ first look poster is out!
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?
बारा-२ को पछिल्लो मतपरिणाम सार्वजनिक : कसको मत कति ?
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने सम्भावना : अध्यक्ष भीम ओली
विधेयक पारित भइसक्यो, अब पुनर्विचार हुँदैन, केसीसँग वार्ताको सम्भावना छैन : खनाल
विधेयक पारित भइसक्यो, अब पुनर्विचार हुँदैन, केसीसँग वार्ताको सम्भावना छैन : खनाल
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
गोरक्ष महायज्ञबाट बेवारिसे गाईबाच्छाका लागि ६७ लाख सङ्कलन
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?