बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
१६ पटक हेरिएको
Shares
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

सारांश

  • बझाङमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ।
  • आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
  • केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्र भएर ४.

बझाङमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्र भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको हाे। पछिल्ला केही महिना यता पश्चिम नेपालमा भूकम्पका धक्का महसुस भइरहेका छन् ।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो । नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?