साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०८१
|
|
१८ पटक हेरिएको
Shares
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै

सारांश

  • मकवानपुर।
  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।
  • मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको मत लिने व्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्।

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको मत लिने व्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले चौथोपटक विश्वासको मत लिन लागेका हुन्।

सोमबार बिहान सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेका हुन्।

यद्यपी, असार २४ गते बिहान बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीलाई विश्वासको मतको सामना गर्न सुझाएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। कुल एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ।

जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ। मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ । काँग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ।

२०७९ पौष २५ गते प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेलले त्यतिबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?