भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
५० पटक हेरिएको
Shares
भारतीय एक इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटियो (भिडियोसहित)

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • भारतको आन्द्रा प्रदेशको सोरम्पालेम भन्ने ठाउँमा रहेको आदित्य इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटिएको छ।
  • उक्त कलेजमा तीन सयभन्दा बढी नेपाली विद्यार्थीहरू पढिरहेका छन्।

काठमाडौं, २२ फागुन । भारतको आन्द्रा प्रदेशको सोरम्पालेम भन्ने ठाउँमा रहेको आदित्य इन्जिनियरिङ कलेजको होस्टेलको खानामा सर्प भेटिएको छ। उक्त कलेजमा तीन सयभन्दा बढी नेपाली विद्यार्थीहरू पढिरहेका छन्। रोटी बनाइ रहेको हालसालै भेटिएको भिडियोमा प्रशस्त मात्रामा झिंगा भेटिएको छ।

https://youtu.be/Yk-aCvYQ9es

उक्त भिडियो भेटिएको २ दिन हुन नपाउदै दालमा सर्प भेटिएको स्रोतले जानकारी दिएको छ । विद्यार्थीहरूले केही नखाई रातिको १ बजेसम्म धर्नामा बस्दा पनि कलेज प्रशासनले केही कदम नलिएको खबर सार्वजनिक भएको छ। विद्यार्थीहरूलाई धर्ना नबस्न उल्टै धम्की दिएको कुरा बाहिर आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?