सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
सारांश
- हयात होटलले गैरकानूनी रुपमा लिएको तारागाउँको १ सय ५० रोपनी जग्गा सरकारका नाममा आउने कुरा अब असंभव भएको छ ।
- जनताले आशा र भरोसा गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ह्यात होटलको इशारामा विवादित ब्यक्तिलाई तारागाउँ विकास समितिको अध्यक्ष बनाएपछि अब उक्त जग्गा सरकारका नाममा आउने कुरामा सन्देह पैदा भएको छ ।
- ह्यात होटलको डिजाइनमा तारागाउँ विकास समितिको अध्यक्षमा नेपाल प्रहरीको असईबाट भागेका प्रल्हाद न्यौपानेलाई नियुक्ति गरिएपछि संसदको अन्तर्रा्ष्ट्रिय समितिले सरकारका नाममा ल्याउन निर्देशन दिएको १ सय ५० रोपनी जग्गाको विषय अन्योलमा पर्ने भएको छ ।
हयात होटलले गैरकानूनी रुपमा लिएको तारागाउँको १ सय ५० रोपनी जग्गा सरकारका नाममा आउने कुरा अब असंभव भएको छ । जनताले आशा र भरोसा गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ह्यात होटलको इशारामा विवादित ब्यक्तिलाई तारागाउँ विकास समितिको अध्यक्ष बनाएपछि अब उक्त जग्गा सरकारका नाममा आउने कुरामा सन्देह पैदा भएको छ ।
ह्यात होटलको डिजाइनमा तारागाउँ विकास समितिको अध्यक्षमा नेपाल प्रहरीको असईबाट भागेका प्रल्हाद न्यौपानेलाई नियुक्ति गरिएपछि संसदको अन्तर्रा्ष्ट्रिय समितिले सरकारका नाममा ल्याउन निर्देशन दिएको १ सय ५० रोपनी जग्गाको विषय अन्योलमा पर्ने भएको छ ।
पर्यटन मन्त्रालयले तारागाउँ विकास समितिको अध्यक्षमा नियुक्त गरेका न्यौपाने अति नै विवादित ब्यक्ति हुन् । न्यौपाने नेपाल प्रहरीका भगौडा असई भएको स्रँेत बताउछ । उनले द्वन्दकालमा प्रहरीको असईबाट जागिर छाडेका थिए । प्रहरीबाट जागिर छाडेपछि उनी तत्कालीन एमाले तथा हाल नेकपाका नेता वामदेव गौतम उपप्रधानमन्त्री भएर प्रहरीका सरुवा बढुवा गर्ने बीचौलिया भए । वामदेव दोस्रोपटक २०७० मा गृहमन्त्री हुँदा पनि उनी गृहमन्त्रालयका सरुवा बढुवामा उनले अकूत सम्पत्ति कमाएको न्यौपानेलाई नजिकबाट चिन्नेहरू बतानउछन् ।
यस्ता बदनाम न्यौपानेलाई ह्यात होटलबाट प्रभावित भई तारागाउँको अध्यक्ष बनाएको आरोप मन्त्री भट्टराईप्रति लागेको छ । ह्यातका संचालक दिनेशलाल र सुरशेलाल श्रेष्ठ र अरुण सर्राफले तारागाउँमा यसअघिका अध्यक्ष नारद लुइँटेललाई पुनः नियुक्ति हुन नदिने र आफूअनुकूलको ब्यक्ति ल्याउन करोडौं रुपैयाँ घुसको प्रस्ताव लिएर शक्तिकेन्द्र धाउँदैआएको चर्चा थियो ।
हयात होटलले सुरक्षा प्रमुखमा राखेका नेपाल प्रहरीका पूर्वएसपी गोविन्दराम परियार र सुरेश केसीको सम्बन्ध न्यौपाने प्रहरीको बीचौलिया हुँदादेखि राम्रो थियो । नेकपाका नेताहरूसंग उनको सम्बन्ध देखेका परियार र केसीले न्यौपानेसंग दिनेशलाल र सुरेशलालसंग भेट गराए । न्यौपानेले नेकपाका नेताहरू र पर्यटन मन्त्री भट्टराईलाई प्रभावमा पारेर नियुक्ति लिन सफल भएका छन् ।
कुख्यात बिचौलिया न्यौपानेलाई पर्यटन मन्त्री योगेश भट्टराईले २०७६ मंसिर ३ मंगलबार हतार हतार तारागाउँको अध्यक्ष बनाएका छन् । मंसिर ४ गते बुधबार मन्त्रीमण्डल हेरफेर हुने भएपछि उनलाई मंसिर ३ गते मंगलबार सट्याकसुटक नियुक्ति गरिएको हो ।
हयात रिजेन्सी होटलले तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा गैरकानूनी रुपमा दर्ता गरेको बिषयमा संसदको अन्तर्रा्ष्ट्रिय समितिले छानबिन गरी सरकारका नाममा ल्याउन निर्देशन दिएको लामो समय बितिसकेको छ । हयातका संचालक दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठ र भारतीय लगानीकर्ता अरुण सर्राफले उक्त पचासौं अर्बको सरकारी जग्गा सरकारका नाममा जान नदिन साम, दामका साथ लागेका छन् ।
न्यौपानेलाई अध्यक्ष बनाएर सरकारी जग्गा कब्जा गर्नका लागि हयातका सेक्युरिटी चिफ पूर्वएसपी गोविन्दराम परियार र नेकपा झापाका नेता जितबहादुर दर्जी गौतमको डिजाइन अनुसार न्यौपानेलाई तारागाउँको अध्यक्ष बनाइएको स्रोत बताउँछ । दर्जीलाई उक्त जग्गा कब्जा गर्नकै लागि हयातले मासिक लाखौं तलब दिएर जागिरमा राखेको जानकारी हुन आएको छ । पूर्व सामान्य प्रशासन राज्यमन्त्री गौतम झापाका हुन् ।
न्यौपानेको नियुक्तिपछि अब हयात होटलले गैरकानूनी रुपमा कब्जा गरेको १ सय ५० रोपनी जग्गा सरकारका नाममा ल्याउने अवस्था छैन । ओली सरकारले उक्त जग्गा सरकारका नाममा ल्याउन लागेको कुरालाई आफ्नो उपलब्धिमा राखे पनि न्यौपानेलाई मन्त्री भट्टराईले तारागाउँको अध्यक्ष बनाएपछि उक्त १ सय ५० रोपनी जग्गा सरकारका नाममा ल्याउने संभावना टरेको छ । न्यौपानेलाई तारागाउँको अध्यक्ष बनाउन करोडौं रुपैयाँको चलखेल भएको चर्चा पर्यटन मन्त्रालयमा छ । दृष्टिबाट
प्रतिक्रिया