मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)

सारांश

  • फागुन ७, काठमाण्डौ ।
  • प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यहरुले अष्टलक्ष्मी शाक्यलाई मात्र मुख्यमन्त्रीको रुपमा हेर्ने गरेको तर आफू धेरै पहिलेदेखि नै तयार भएर बसेको खुलासा गरेका छन् ।
  • टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पौडेलले एमालेभित्र प्रदेश तीनको मुख्यमन्त्री बन्नका लागि अरु पनि सक्षम र योग्य व्यक्ति छन् भन्ने कुरा मिडियाले नबुझेको उनको भनाई थियो ।

फागुन ७, काठमाण्डौ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यहरुले अष्टलक्ष्मी शाक्यलाई मात्र मुख्यमन्त्रीको रुपमा हेर्ने गरेको तर आफू धेरै पहिलेदेखि नै तयार भएर बसेको खुलासा गरेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पौडेलले एमालेभित्र प्रदेश तीनको मुख्यमन्त्री बन्नका लागि अरु पनि सक्षम र योग्य व्यक्ति छन् भन्ने कुरा मिडियाले नबुझेको उनको भनाई थियो ।

“मिडियाले के बुझ्यो भने अष्टलक्ष्मी शाक्य सिनियर हुनुहुन्छ । उपाध्यक्ष हुनुहुन्छ । राजेन्द्र पाण्डे पोलिटव्यूरो सदस्य हुनुहुन्छ । उहाँहरुको चर्चा बढि भयो । तर जसले जे गरे पनि म नै मुख्यमन्त्री हुनेवाला थिँए ।” पौडेलले भने ।

आफू पनि अरु दाबेदार जस्तै प्रदेशसभाको सदस्य भएको नाताले मुख्यमन्त्रीका लागि योग्य भएको बताउँदै पार्टीभित्रको बरियाता मात्रै आफु तल भएकाले कसैले अनुमान नगरेको पौडेलको भनाई छ ।

उपाध्यक्ष शाक्यले मुख्यमन्त्री बन्ने चाहना राखे पनि आफूसँग केही कुरा नराखेके पौडलेको भनाई छ । “उहाँले तपाईले छोड्दिनुस् भनेको भए मैले सोच्थेँ । निर्वाचनको मिति घोषणा भएदेखि मसँग केही कुरै गर्नुभएन । आफैल जित्छु भन्ने आत्मविश्वास बढि भयो ।” पौडेलले भने ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने आफूलाई चुनाव नलड्नुस भनेर आग्रह गरेको पौडेलको दाबी छ । तर आफूले चुनाव जित्ने दाबीसहित मुख्यमन्त्रीका लागि लड्ने बताएपछि अध्यक्ष ओलीले जित्ने सम्भावना छ भने लड्नुस् भनेर आफूलाई भनेको पौडेलले बताए ।

अबका दिनमा प्रदेश कमिटिको संस्थागत निर्णय मानेर नै आफू काम गर्न तयार रहेको पौडेलको भनाई छ । प्रदेश नम्बर तीनको प्रदेश संयोजकको हैसियतले अष्टलक्ष्मी शाक्यको निर्देशन मान्न आफू तयार रहेको पौडेले बताए ।

“म पार्टीको लाइन र निर्देशनभन्दा बाहिर गएर कहिल्यै पनि काम गर्दिन । अनावश्यक कुरा लाद्न खोज्यो भने चाँही मान्दिन ।” पौडेलले भने ।

प्रक्रियाअनुसार चुनाव लडेर आफू मुख्यमन्त्री बनेकाले अब कोही पनि असन्तुष्ट हुनु नहुनेमा उनले जोड दिएका छन् ।
आफ्नो कारणले अष्टलक्ष्मी शाक्य पराजित नभएको भन्दै विधि पूरा गरेर आफू संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न सफल भएको उनको तर्क छ ।

चुनौतिकाबिच मुख्यमन्त्री भएकाले प्रदेश नम्बर तीनलाई समृद्ध बनाउने जिम्मेवारी आएकाले सोही अनुसार काम गर्ने पौडेलको भनाई छ । तर सबै कुरा अरु कसैको नियन्त्रणमा हुन थाल्यो भने आफूले काम गर्न नसक्ने उनले बताए ।
पार्टीसँग सल्लाह गरेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा आफू रहेको पौडेलले बताए ।

पार्टीको नेतृत्व तहसँग पनि छलफल गरेर काम गर्ने उनको भनाई छ ।
आफ्नो कार्यकालमा भ्रष्टाचार अन्त गरेरै छाड्ने बताउँदै पौडेलले भ्रष्टाचार अन्त्य गर्न नसके पद छोड्ने समेत बताएका छन् । रिपोर्टेर्स नेपाल बाट

(https://www.softlay.com/)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gopal Airee

    आफै भ्रष्ट भए पछि,कसरी भ्रष्टाचार उन्मुलन हुन्छ ???

    Comment Author

    Devi Bahadur Kc

    कुरा भनदा काम गरेर देखाउ

    Comment Author

    Om Sagar Shrestha

    Baira baira khokne table muni bata line dherai dekhiyo…

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?