सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
  • आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूविरुद्ध रु ६९ करोड माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले पौडलविरुद्ध रु ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ माग दाबी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीनकुमार पोखरेलविरुद्ध रु ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५ माग दाबी गरिएको छ ।

त्यस्तै, सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध रु २० करोड ३८ लाख ९३ हजार आठ सय २७ बिगो माग दाबी गरिएको छ ।

तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मणिकमान महर्जनविरुद्ध रु तीन करोड ४४ लाख ६८ हजार सात सय २९ माग दाबी गरिएको छ ।

हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढाविरुद्ध रु १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाडौँमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध रु ४० करोड एक लाख ३९ हजार सात सय ३६ माग दाबी आयोगले गरेको छ ।

इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहितमान प्रधानविरुद्ध रु २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, मेपटेक विल्डिङ् सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध रु ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँविरुद्ध रु आठ लाख ६९ हजार ९७ माग दाबी गरिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौँ घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
सुरक्षा कारबाहीमा दुई जना आतङ्कारी मारिए
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
टाउकाको मूल्य तोक्नेले गणतन्त्र बचाइदेलान् भनेर सोचियो भने ठूलो दुर्भाग्य हुनेछ ।’प्रचण्ड
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पु-याउन कावा प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पु-याउन कावा प्रधानमन्त्रीको निर्देशन
४७ वर्षपछि घर फिरे एक वृद्ध !
४७ वर्षपछि घर फिरे एक वृद्ध !
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
ल्याबैपिच्छे किन कोरोनाको फरक रिपोर्ट ?
कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
कालीगण्डकी करिडोर : गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल
सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते
सप्तरीमा करेन्ट लागेर बुबाको मृत्यु, छोरा घाइते
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’

तपाईंले छुटाउनुभयो कि?