स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
१४ पटक हेरिएको
Shares
स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक

सारांश

  • काठमाडौं ।
  • सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ ।
  • मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए ।

काठमाडौं । सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए । उनले मन्त्रालयमा दैनिकरुपमा स्थानीय तहका प्रमुख कर्मचारी चाहियो भनेर आउने गरेकोसमेत बताए ।

‘हामीलाई कर्मचारी अपुग भयो । जनताका काम गर्न पाएनौँ । कर्मचारी चाहियो भनेर दैनिकरुपमा स्थानीय तहका प्रमुख आउने गर्नुभएको छ”, उनले भने, “शीघ्र स्थानीय तहमा कर्मचारी पदपूर्ति भई त्यहाँका सेवा दु्रत गतिमा बढाउनुपर्ने हाम्रो प्राथमिकता रहेको विषय हो । त्यसैले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि विज्ञापन गर्न लोकसेवा आयोगलाई आग्रह गरेका हौँ ।”

उनले कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्ति गर्न पाउने कानून व्यवस्थाअनुसार नै स्थानीय तहबाट माग गरिएका दरबन्दीको आधारमा आयोगलाई विज्ञापन गर्न भनेको जानकारी दिए ।

प्रवक्ता बरालले आफूहरूले स्थानीय तहबाट सङ्कलन गरिएका रिक्त दरबन्दी आयोगलाई पठाइदिएको र आयोगले पनि प्रदेश र स्थानीय तह सञ्चालन सेवा ऐन बनिनसकेकाले पुरानै कानूनअनुसार नै समावेशी छुट्टाइएको बताए ।

“अहिले विज्ञापनमा समावेशीका कुरालाई मुद्दा बनाइएको छ”, उनले भने, “प्रदेश र स्थानीय तह सञ्चालन ऐन बनिनसकेकाले पुरानै निजामती कर्मचारी ऐनको आधारमा समावेशी छुट्याइएको हो ।” पत्रकार सम्मेलनमा प्रवक्ता बरालले राज्यव्यवस्था तथा सुशासन समितिको विज्ञापन रोक्नका लागि गरिएको निर्देशन मन्त्रालयमा पत्र प्राप्त भइसकेको जानकारी दिए ।

गत सोमबार राज्यव्यवस्था तथा सुशासन समितिले ५१५ स्थानीय तहका लागि खोलिएको नौ हजार १६१ पदको विज्ञापन रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो । अहिलेसम्म करीब ९५ हजार परीक्षार्थीले आवेदन फाराम भरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
‘हङकङमा ड्राइभरले मोबाइल चलाएको सुन्दा अनौठो मान्ने नेपाली बच्चा जोगाउन गाह्रो भइसक्यो’
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता
सात जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने बाध्यता
प्रधानमन्त्री देउवा बैतडी आउँदै
प्रधानमन्त्री देउवा बैतडी आउँदै
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु : अर्थमन्त्री डा महत
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
शौचालयमा लुकाउन लागेको अवस्थामा दुई किलो सुनसहित दुई अभियुक्त पक्राउ …
मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता
मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

तपाईंले छुटाउनुभयो कि?