कतारमा कुमारी बूम स्टार सुपर नाइट २०१८ कार्यकम हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कतारमा कुमारी बूम स्टार सुपर नाइट २०१८ कार्यकम हुने

सारांश

  • तेजेन गैरे दोहा, १२ फागुन ।
  • कुमारी रेमिट तथा बूम रेमिटको संयुक्त पहिलो प्रस्तुति कुमारी बूम स्टार सुपर नाइट २०१८ कार्यक्रम ९ मार्चका दिन सनैयामा रहेको एशियन टाउनको एम्पिथेरेटरमा गर्न लागिएको बूम रेमिटका प्रवन्ध निदेशक धिरेन पन्तले गत बिहीवार नेपाली आँगन रेष्टुरेण्टमा पत्रकार समेलनको आयोजना गरी जानकारी दिएका छन् ।
  • संगीक्षा फिल्मस् इन्टरटेन्मेण्ट प्रालिको आयोजनामा हुने उक्त कार्यक्रमका लागि करीव १ दर्जन भन्दा बढी कलाकार कतारमा आउने उनले बताए ।

तेजेन गैरे

दोहा, १२ फागुन । कुमारी रेमिट तथा बूम रेमिटको संयुक्त पहिलो प्रस्तुति कुमारी बूम स्टार सुपर नाइट २०१८ कार्यक्रम ९ मार्चका दिन सनैयामा रहेको एशियन टाउनको एम्पिथेरेटरमा गर्न लागिएको बूम रेमिटका प्रवन्ध निदेशक धिरेन पन्तले गत बिहीवार नेपाली आँगन रेष्टुरेण्टमा पत्रकार समेलनको आयोजना गरी जानकारी दिएका छन् । संगीक्षा फिल्मस् इन्टरटेन्मेण्ट प्रालिको आयोजनामा हुने उक्त कार्यक्रमका लागि करीव १ दर्जन भन्दा बढी कलाकार कतारमा आउने उनले बताए ।

कार्यक्रममा करीव १० हजार दर्शक उपस्थित गराउने लक्ष्यका साथ प्रचारप्रसारमा जुटेको पनि उनले जानकारी गराए । कार्यक्रम कुमारी रेमिट तथा बूम रेमिटको व्यवसायिक प्रचारका रुपमा गर्न लागिएको भए पनि उक्त कार्यक्रमबाट संकलन हुने रकम एनआरएनएसँग सहकार्य गरेर दुःखमा परेका श्रमिकहरुको उद्धारमा सहयोग गर्न तत्पर रहेको प्रवन्ध निर्देशक पन्तले जानकारी दिए ।

“हामी व्यवसायिक फाइदामात्र नखोजी एनआरएनएमार्फत माइग्रेसन वर्करहरुको उद्धार कार्यमा सहयोग गर्न प्रतिवद्ध छौं”, उनले भने । कार्यक्रमको मुख्य प्रायोजकमा कुमारी बैंक र बूम रेमिट रहेका र सह प्रायोजकको रुपमा नेपाल टेलिकम, पर्यटन बोर्ड, एसआर स्टिल्स, नेपाल वायु सेवा निगम, अर्घाखाँची सिमेण्ट, अल जमान एक्सचेञ्ज, रामदा एन्कोर होटल र कान्तिपुर मेडिकल सेन्टर रहेको जानकारी त्यस अवसरमा दिइएको थियो । कार्यक्रम हेर्ने दर्शकले टिकटको अर्धकट्टी देखाएर कान्तिपुर मेडिकल सेन्टरबाट बढीमा ५० प्रतिशतसम्म उपचारमा छुट हुने बताइएको छ । त्यस्तै हालसालै अलजमान एक्सचेञ्जबाट नेपाल पैसा पठाएको रसिदको साथमा टिकट किन्दा टिकट शुल्कमा १० कतारी रियालसम्मको छुटको व्यवस्था गरिएको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो ।

कार्यक्रम आयोजक टिमका संयोजक धिरेन पन्तलेका कार्यक्रमको लगभग सबै तयारी पूरा भइसकेको र सफल पार्नका लागि प्रविना रावल पन्त, उमिद श्रेष्ठ, मोहमद ताहिर, सुदर्शन गौतम र खगराज खत्री सहितको समूहले महत्वपूर्ण भूमिका निभाएको भन्दै धन्यवाद पनि दिए । कार्यक्रमका मिडिया संयोजक विजय सुवेदी “आवाज” रहेका छन् ।

नेपाल पत्रकार महासंघ कतार शाखा र कतारमा स्थापित संघसंस्थाहरुको साथ र सहकार्य अपरिहार्य रहेको बताउँदै संयोजक पन्तले सबैबाट खुला सहयोग हुनेमा आफू र आफ्नो टिम विश्वस्त रहेको बताए । कार्यक्रमको टिकट शुल्क कतारी रियाल ४०, १०० र १५० रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?