१७ औं आहा रारा गोल्डकप फागुन ९ देखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
१७ औं आहा रारा गोल्डकप फागुन ९ देखि

सारांश

  • पोखरा ७,फागुन ।
  • मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप यही फागुन ९ देखि सुरु हुँदैछ ।
  • फागुन १८ गतेसम्म सञ्चालन हुने १७ औं संस्करणको प्रतियोगितामा १० टीम सहभागी हुँदैछन् ।

पोखरा ७,फागुन ।मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप यही फागुन ९ देखि सुरु हुँदैछ । फागुन १८ गतेसम्म सञ्चालन हुने १७ औं संस्करणको प्रतियोगितामा १० टीम सहभागी हुँदैछन् । प्रतियोगितामा २ विदेशी टीमको सहभागिता हुने आयोजक सहारा क्लबले जनाएको छ ।

१७ औं संस्करणको आहा रारा गोल्ड कप विजेताले ८ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ४ लाख १ हजार पाउनेछ । पुरस्कार राशी वृद्धि गरिँदै लगिएको आयोजक साहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा विदेशी दुई टीम क्यामरुनको डफिन्स टीम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब हो । क्यामरुनले गत साता मनकामना केबलकार पोखरा कपको उपाधि जितेको थियो । नेपालका तीन विभागिय टीम सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग मर्याङ्गदी क्लब, नेपालका चर्चित क्लबहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?