आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?

सारांश

  • काठमाडौं, पुस १३ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्वारा तयार पारिएको अध्यादेश राष्ट्रपतिबाट तत्काल स्वीकृत भई सोही बमोजिम निर्वाचन (एकल संक्रमणीय) हुनुपर्ने अड्डी कस्दै आएका छन् ।
  • यो अड्डी कसको लागि कसिरहेका छन् त देउवाले ?

काठमाडौं, पुस १३ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्वारा तयार पारिएको अध्यादेश राष्ट्रपतिबाट तत्काल स्वीकृत भई सोही बमोजिम निर्वाचन (एकल संक्रमणीय) हुनुपर्ने अड्डी कस्दै आएका छन् । यो अड्डी कसको लागि कसिरहेका छन् त देउवाले ?

राष्ट्रिय सभाको निर्वाचन प्रक्रियासम्बन्धी विषयलाई लिएर मुलुकमा तनाव उत्पन्न भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली आ–आफ्नो अडानमा कायम रहनुको कारण खोजी हुन थालेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो उत्तराधिकारी बनाउने उद्देश्यले पत्नी आरजुलाई देशको सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएका थिए । पराजित भएपछि आरजु राणालाई धेरै ठूलो धक्का लागेको र उनलाई चोटमुक्त बनाउन राष्ट्रिय सभा सदस्य नियुक्त गरिदिन खोजेको बुझिएको छ ।

भनिन्छ, कांग्रेस सभापति शेरबहादुर देउवा विमलेन्द्र निधि, पत्नी डा. आरजु राणा र केही व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहनुहुन्छ, बहुमतीय पद्धतिअनुरूप चुनाव हुँदा देउवाको चाहना पूरा हुन मुस्किल देखिन्छ । त्यसैले देउवाले यस्तो अड्डी कस्दै आएका हुन् ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली संविधानअनुरूप राष्ट्रिय सभाको निर्वाचन (बहुमतीय आधारमा) हुनुपर्ने अडान कायम राख्दै आएका छन् । कांग्रेसले अध्यादेश स्वीकृत नभएसम्म संघीय संसद्को निर्वाचनले पूर्णता पाएको नहुने भन्दै सजिलै नयाँ सरकार गठनको ढोका खोल्न नदिने संकेत दिएको छ ।

ओलीले पनि संविधानको आड लिँदै दुई–चारजना व्यक्तिलाई सांसद बनाउने कुरासँग जोडिएको विषय नभई संविधानको परिपालना गर्ने या नगर्ने भन्ने प्रश्न उठाएका छन् । यसरी दुई प्रमुख दलका नेताहरूले विवादलाई सैद्धान्तीकरण गरिरहेका भए पनि यो ‘दुई–चारजना’ व्यक्तिलाई सांसद बनाउने कुरासँग नै सम्बन्धित भएको बुझिएको छ ।

त्यस्तै, केपी शर्मा ओलीले पनि विगतमा आफ्नो खास सहयोगी रहेका केही व्यक्तिलाई ‘एडजस्ट’ गर्न संविधानको आड लिनुपरेको बताइन्छ । तर, अन्त्यमा ओलीले अडान छोड्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?