किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०७४
|
|
१४४४ पटक हेरिएको
Shares
किताब को भन्दा बडी माया लाग्थ्यो गिटारको – नब गायक अशोक थापा मगर

सारांश

  •   स्याङ्जा को वालिङ मा जन्मिएका अशोक थापा मगर लाई गायन मा अत्यान्तै रुची छ ।
  • केही महिना अगाडि उन्को पहिलो गीत को भिडियो ‘म नेपाली’ ले राम्रो प्रतिकृया पाएको थियो ।
  • हाल अर्को भिडियोको तयारिमा रहेको बताउछन।

 

स्याङ्जा को वालिङ मा जन्मिएका अशोक थापा मगर लाई गायन मा अत्यान्तै रुची छ । केही महिना अगाडि उन्को पहिलो गीत को भिडियो म नेपाली ले राम्रो प्रतिकृया पाएको थियो । हाल अर्को भिडियोको तयारिमा रहेको बताउछन। एल्बमको लागि ५, वटा  गीत कम्पोज भैसकेको छ। उनै अशोक थापा मगर सँग शिखर न्युज का लागि अमृता खनाल ले गरेको कुराकानी । 


तपाईं को बारे मा केही बताउनु पर्दा
?

मेरो बल्यकाल संगै मेरो स्कुल लेबल मेरो जन्म थलो स्यङ्जा वलिङ मै सकाए। २०६३ साल देखि अध्यान लाई निरन्तरता दिदै काठमाडौं नै बसोबास गरे ।हाल बिजिनेस को सिल्सिलमा स्यङ्जा मै छु।

कसरी लाग्नुभयो त यो फिल्ड मा ?

म गीत सुन्न र गाउन सानै देखि अरु भन्दा अगाडी सर्थे । स्कुल छुट्टी  भएर घर आउना साथ झोला फ्याकेर दाईहरुले गिटार बजाएको ठाउमा कुदेर पुग्थे। गिटार छुन नपाए पनि हेरेरै धेरै कुरा सिक्ने मौका पाएको थिए। पछि मुस्किलले गिटार किनेर ल्याए जुन मेरो लागि पुस्तक भन्दा प्यारो थियो। यसरिनै मैले सिक्दै गए ।

 अहिले सम्म तपाईंले गरेको काम हरु ?

केही महिना अगाडि मेरो पहिलो गीत को भिडियो (म नेपाली) को सर्बजनिक गरेको थिए राम्रो प्रतिक्रिया पाएको थिए । हाल अर्को भिडियोको तयारिमा छु। एल्बमको लागि ५,७ वटा  गीत कम्पोज भैसकेको छ।

तपाईं को फेमिली बाट अरु कोही हुनुहुन्छ यो फिल्ड मा ?

हुनुहुन्न । फेमेली बाट नभएता पनि साथी भाइ भएकोले धेरै सहज भएको छ।

कती भयो गीत गाउन सुरु गर्नुभाको ? यो फिल्ड मा भबिश्य कस्तो देख्नुहुन्छ ?

मेरो ठाँउमा,स्कुलमा धेरै पटक स्टेज पफमेन्स दिईसकेको छु। प्रोफेस्नललि लागेको धेरै भाको छैन। अहिले सङगीत सिक्दै छु।  अहिले सांगेतिक छेत्रमा एक्दमै प्रतिस्पर्धा छ ।स्रोताको रोजाइ अनुसार आफ्नो तर्फबाट जान सकियो भने पछाडि फर्केर हेर्नू पर्छ जस्तो मलाई लग्दैन।

परिवार को सपोर्ट छ त ? छैन भने के कारण होला त सपोर्ट नगर्नु को ?

एक्लो छोरो हुँ ।मेरो इच्छा यसमै भएको हुनाले पनि होला बुवा आमाले अहिले सम्म मुख खोल्न सक्नु भएको छैन। सांगितिक यात्रा संगै कुनै ब्यावसायलाई निरन्तरता दिन सल्लाह सुझाव चै दिनुहुन्छ।

अब को १० बर्ष मा आफु लाई कुन ठाउँ मा देख्नुहुन्छ ?

एउटा स्थापित गायक र ब्याबसाहिकको रूपमा देख्नु हुन्छ जस्तो लाग्छ।

तपाईं लाई मन पर्ने ५ वोटा गायक हरु को नाम लिनु पर्दा ?

मलाई यो छेत्रमा प्रोत्साहित गर्नु हुने अग्रजहरुको नाम लिनुपर्दा

स्व.नारायण गोपाल,दीप श्रेष्ठ,नवीन के.भट्राई,सुगम पोख्रेल र रीमा गुरुङ ।जस्को गीति सग्रह स्याङ्जामा नपाउने हुनाले पोखरा देखि घरमा ल्याएर सुन्ने गर्थे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?