स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा

सारांश

  • केदार मगर खोटाङ, ५ माघ ।
  • वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् ।
  • काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् ।

केदार मगर

खोटाङ, ५ माघ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् ।

काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् ।

टायल मेसनका लागि भनेर डेढ महिनाअघि कतारको सेटलाइट इन्टरनेशनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकमसमेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको जनाएको छ । कम्पनीले हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै घर फर्कनसमेत रोकिरहेको धनकुमार राईले बताए ।

राईले सेटलाइट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावरमा भनिएभन्दा अप्ठ्यारो हुने बताएका छन् । कम्पनी टाट पल्टिएकाले गर्दा काम–दाम नपाएको बताउनुहुने धनकुमारका अनुसार काम शुरु हुनासाथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले जबर्जस्ती रोकिरहेका छन् ।

विचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुविधा नदिने कम्पनीले बताएका छन् । हाल बसेको तथा खाएको रकम काम शुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितले बताएका छन् ।

ऋण लिएर कतार गएका राईद्वयले विचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् । सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएका दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेका छन् ।

अरुण र धनकुमारसँगै उक्त कम्पनीमा पुगेका नवलपरासीका भमबहादुर मगर, उदयपुरका दीपबहादुर माझी र कैलाली टीकापुरका नन्दसिं साउदसमेत विचल्लीमा परेका छन् । वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपिसमेत कामदारसँग नभएको पाइएको परामर्शकर्ता अम्बिका दाहालले बताए ।

उद्धारको पहल गरिदिनका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार विभागमा निवेदन दिने परामर्शकर्ता दाहालको भनाइ छ । पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई निःशुल्क कानूनी पैरवीको काम गर्छ ।

आफ्नो मेनपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेको निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर फर्किएको धनकुमारले बताए । “खाना खाने रकमसमेत नभएपछि कम्पनीले दिएको पैसा निर्देशक श्यामले आफैँ लिएर नेपाल फर्के” उनले भने, “अहिले कतारमै रहेका नेपाली साथीले दिएको केही रकमले श्वास अल्झाउने काम भइरहेको छ ।”

कामदारका लागि स्वयं मेनपावरको निर्देशक श्याममार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि ५०० रियल उपलब्ध गराए पनि बदमासी गरेको कम्पनीका मुदिर (मालिक)ले जानकारी दिएको परामर्शकर्ता दाहालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक
कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
माओवादी केन्द्रको बैठक खुमलटारमा शुरु, के होला निर्णय ?
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता हुने
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)
३२ जिल्लामा कांग्रेसले तोक्यो चुनावी कमाण्डर (नामसहित)
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
मन्त्रीले सचिव कुटेपछि आक्रोशित बनेका कर्मचारीले लालबाबुलाई भेटेर के भने ?
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना

तपाईंले छुटाउनुभयो कि?