पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पखेटा बिनाको फ्लाई बोर्डबाटै ३५ किलोमीटरको समूद्र ‘इंग्लिस च्यानल’ पार

सारांश

  • फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन्।
  • चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६ः१७ बजे साङ्गाटबाट उडेका थिए।
  • उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्।

फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन्। चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६ः१७ बजे साङ्गाटबाट उडेका थिए। उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।उक्त फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ। जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन्। जपाटाको पहिलो प्रयास विफल भएको थियो। उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन्।

यसपालि भने ३५।४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो। गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो।फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ। सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ ।

यो पनि पढ्नुहोस

पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछन् ?

बीबीसी। पूर्वी एशियामा पहिलादेखि नै समुद्री सीमा विवाद निकै छ, तर अब यहाँ हवाई सीमामा पििन विवाद बढिरहेकोछ।गत हप्ता मात्रै दक्षिण कोरियाली लडाकू विमानको सामना सियोलका एअर डिफेन्स आईडन्टिफिकेशन जोनमा ९अडीईजेड० चिनियाँ र रुसी लडाकु विमानसँग भएको थियो। यो घटनापछि आकाशमा बढ्दो सैन्य गतिविधिका कारण सुरक्षा चुनौती बढेको छ।यद्यपी चीन र रुसको यो पहिलो संयुक्त हवाई सुरक्षा उडान थियो, तर दुवै देशका विमान लगातार अर्को देशको हवाइ सीमामा प्रवेश गरिरहे, त्यो चाहे जानाजान होस वा अन्जानवश।

यस्तो गतिविधिका धेरै कारण हुन सक्छन्। खुफिया जानकारी जम्मा गर्न या चालकको तालिमका लागि नै किन नहोस्। अथवा यसको पछाडि क्षेत्रीय यथास्थितिको उल्लघंनको उद्देश्य पनि हुनसक्छ।एडीआईजेड एउटा प्रारम्भिक वार्निङ सिस्टम हो, जो शीत युद्ध ताका बनाइएको थियो। तर पूर्वी एशियामा यसको वहानामा विवादित इलामा आफ्नो दाबी गर्नकालागि प्रयोग गर्न थालिएको छ।वास्तवमा एडीआईजेड एउटा यस्तो हवाई क्षेत्रको हो, जो देशको हवाई सीमा नजिक जहाँ कुनै पनि अज्ञात विमानबाट पहिचानको प्रोटोकल मान्नलाई भनिन्छ। यदि विमानले निर्देशनको पालना नगरे कारवाही गरिन्छ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?