प्रधानमन्त्री ओलीले भने, ‘हिंसा र अपराध चल्दैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ चैत – प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
  • संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए ।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, १ चैत – प्रधानमन्त्री केपी ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । संसद्मा विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदलाई सरकारी निवास बालुवाटारमा बुधबार धन्यवाद दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘संविधान समयको मागअनुसार संशोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजबुद र एकताबद्ध पार्न संशोधन हुन्छ ।’

आतंककारी क्रियाकलाप सैह्य छैन
प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताए । ‘अप्राकृतिक, असामाजिक तत्वहरूले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे हुन्छ,’ ओलीले भने, ‘सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्छ ।’

भ्रम छर्ने दिन गए

प्रधानमन्त्री ओलीले केही तत्वले सरकार बलियो हुँदा लोकतन्त्र नरहने, सरकार अनुशासित भयो भने तानाशाह हुने, कानुनको राज भयो भने निरंकुशता हुने, लोकतन्त्र नरहनेजस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको आरोप पनि लगाए । ‘यस्ता भ्रममा पर्नुहुँदैन,’ उनले भने, ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो, भ्रम के हो आफैँ छुट्याउन सक्छन् ।’

(tokyosmyrna.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
प्रधानमन्त्री क्रियाशील हुन समय लाग्दैन- सूर्य थापा
प्रधानमन्त्री क्रियाशील हुन समय लाग्दैन- सूर्य थापा
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो, परीक्षणका सूचक सामान्य
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
हार्नुको दोष बाम गठबन्धनलाई-चुनावमा अन्तरघात गर्नेलाई कांग्रेसले कार्वाही गर्ने
भारततर्फ तटवन्ध,नेपालतर्फ कटान
भारततर्फ तटवन्ध,नेपालतर्फ कटान
यसरी मनाउँदै छ मगर संघले माघे संक्रान्ति
यसरी मनाउँदै छ मगर संघले माघे संक्रान्ति

तपाईंले छुटाउनुभयो कि?