किन गरियो ८ अर्ब रुपैयाँको परियोजना अस्वीकृत!
सारांश
- काठमाडौं – नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ ।
- उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो ।
- ८ अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम) मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।
काठमाडौं – नेपालको विकासमा साझेदार अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेसनले आगामी पाँच बर्षका लागि प्रस्तुत गरेको कार्यक्रम नेपालको प्राथमिकता विपरीत रहेको पाइएको छ ।
उक्त संस्थाले हालै समाज कल्याण परिषदको माध्यमबाट समाज कल्याण मन्त्रालयमा पाँचबर्षे कार्यक्रम पेस गरेको थियो ।
८ अर्ब रुपैयाँको उक्त परियोजना वास्तविक कामभन्दा पनि सफ्टवेयर (नदेखिने अभौतिक काम) मा केन्द्रित देखिएपछि मन्त्रालयले उक्त कार्यक्रम अस्वीकृत गरेको छ ।
मन्त्रालयअन्तर्गतको सहजीकरण समितिले उक्त आयोजनाको फाइल समाज कल्याण परिषदमै फिर्ता गरिदिएको छ ।
समाचारमा लेखिएको छ, प्लानले चाइल्ड ‘सेन्टर्ड कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट’को दोस्रो चरणका लागि ८ अर्ब रुपैयाँको कार्यक्रम प्रस्ताव गरेको थियो ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया