दरमा पुलाउ, पनिरको तरकारी, अचार खाँदा काभ्रेमा ४ सय बिरामी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
दरमा पुलाउ, पनिरको तरकारी, अचार खाँदा काभ्रेमा ४ सय बिरामी

सारांश

  • काठमाडौं ।
  • काभ्रेमा एउटा सहकारी संस्थाले आयोजना गरेको तीजको दर खाँदा झन्डै ४ सयजना स्थानीय बिरामी परे ।
  • दर खाएको ६।

काठमाडौं । काभ्रेमा एउटा सहकारी संस्थाले आयोजना गरेको तीजको दर खाँदा झन्डै ४ सयजना स्थानीय बिरामी परे । दर खाएको ६।७ भण्टापछि टाउको दुख्ने, वान्ता हुने, पखाला लाग्ने, ज्वरोसमेत आएपछि बिरामी भएका थिए ।

दर खाएकाहरूलाई घर गएपछि मध्यरातिदेखि झाडाबान्ता हुन थालेको थियोे । दरमा पुलाउ, पनिरको तरकारी, केराउको अचारलगायत खाएका थिए । उनीहरूलाई ‘फुड प्वाइजन’ भएको आशंका गरिएको छ । सबै जना मिलेर सामूहिक रुपमै खानेकुराहरु पकाइएको थियो।

पाँचखाल–१२, कास्कोटेस्थित ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्थाले शुक्रबार पकाएको दर खाएपछि बिरामी भएका हुन्। सहकारीले आयोजना गरेको सामूहिक दर खाएका पाँचखाल–११ र १२ का करिब चार सय स्थानीय बिरामी भएका हुन्। 

दर खाने कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेलसमेत बिरामी परिन् ।
दर खाएपछि एकछिन् नाचगान गरेका थिए । सबै घर फर्केर काम गर्दासमेत केही भएको थिएन । मध्यरातिदेखि सबैलाई एक्कासि पेट दुखेर बान्ता हुन थालेको थियो । कतिपयलाई ज्वरोसमेत आएको थियो । 

बिरामीहरुको धुलिखेल अस्पताल, बनेपा शीर मेमोरियल अस्पताल, काठमाडौं सिभिल अस्पताल लगायतमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । बिरामीको चाप बढ्न थालेपछि स्थानीयस्तरमै उपचारका लागि धुलिखेल अस्पतालले डाक्टरसहित २४ स्वास्थ्यकर्मीको टोली पाँचखाल पठाएको छ । 

बिरामीहरुको प्रारम्भिक परीक्षणबाट उनीहरुले खाएका खानामा स्टाफाइलोककस औरिस् नामक ब्याक्टेरियाले ‘टक्सिन’ पैदा गरेपछि उत्पन्न फुड प्वाइजनकै समस्या हुन सक्ने धुलिखेल अस्पतालका चिकित्सकले बताएका छन् ।

खानेकुरा परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको बताइएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?