राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
४४ पटक हेरिएको
Shares
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो

सारांश

  • काठमाडौं, १ चैत ।
  • राष्ट्रियसभाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शशिकला दाहालको नाम टुङ्गो लागेको छ ।
  • प्रदेश नं.

काठमाडौं, १ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शशिकला दाहालको नाम टुङ्गो लागेको छ । प्रदेश नं. २ बाट राष्ट्रियसभामा निर्वाचित सांसद शशिकला दाहाललाई राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले बिहीबार गरेको हो ।

बिहीबार अपरान्ह बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारको टुंगो लगाएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” दोस्रो कार्यकालका लागि दोहोरिन थालेका हुन् ।

उपराष्ट्रपति र राष्ट्रियसभाका उपाध्यक्षको नाम टुङ्गो लागे तापनि सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम भने अझै टुङ्गो लागेको छैन । शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने तयारी भए तापनि थपिने मन्त्रिहरुको अन्तिम नामावली माओवादी केन्द्रले तयार पार्न सकेको छैन ।

माओवादी केन्द्रको तर्फबाट थपिने ४ मन्त्रीहरुमा वर्षमान पुन “अनन्त”, बिना मगर, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, अमनलाल मोदी, दुर्गा विक लगायतको चर्चा छ । सबै दृष्टिले समावेशी हुनेगरी मन्त्रीहरुको नाम अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री
सत्ता सहयात्री दलको एकतालाई बचाउँछु : प्रधानमन्त्री
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !
वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट
वैशाखी टेकेर संसद् प्रवेश गर्ने शर्माको अठोट
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
विकसित देशले हिमाल बचाउने दायित्व लिनु पर्छ: ओली
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही
विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित
विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित

तपाईंले छुटाउनुभयो कि?