सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सामूहिक बलात्कारमा परेकी युवतीले यसरी घुमाइन प्रहरीलाईः राजिखुसी यौन सम्पर्क गरेको खुलासा

सारांश

  • काठमाडौं, माघ २१ ।
  •   दरबारमार्गको बलात्कार प्रकरणबारे पीडित युवतीसँग प्रहरीले बयान आफूलाई जबर्जस्ती नभएको प्रहरीमा बयान दिएकी छिन् ।
  • माघ ७ गते काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेको तर कुनै लिखित उजुरी आफूले नदिएको बताएकी हुन् ।

काठमाडौं, माघ २१ ।  दरबारमार्गको बलात्कार प्रकरणबारे पीडित युवतीसँग प्रहरीले बयान आफूलाई जबर्जस्ती नभएको प्रहरीमा बयान दिएकी छिन् ।

माघ ७ गते काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेको तर कुनै लिखित उजुरी आफूले नदिएको बताएकी हुन् । प्रहरीको रोबहरमा दुई विच मिलापत्र भएको लिखित प्रमाण फेला परेको छ ।

केही दिनदेखि सम्पर्कविहीन भए पनि युवती गत बुधवारबाट सम्पर्कमा पुगेकी थिइन् । शुरुमा आफूलाई चार जनाले बलात्कार गरेको उजुरी दिन बृत्त दरबारमार्ग पुगे पनि अहिले भने आफुखुशी एक जनासँग मात्र यौन सम्पर्क गरेको लिखित बयान दिएकी छिन् ।

उक्त सहमती कागजका युवतीका बावुआमा दुवैले हस्ताक्षर गरेका छन् । कागजको अन्त्यमा ‘यस कार्यालयमा’ भन्ने शब्द उल्लेख गरिए पनि कुन कार्यालय भन्ने खुलेको छैन । युवतीको केटा साथी भनिएका रामेछाप स्थायी घर भएका शैलेश कार्कीलाई उनकी आमा लक्ष्मीले जिम्मा लिएर गएको उक्त काजगबाट खुलेको छ । साथै पीडित युवतीका बावुआमा दुवैले कागजमा हस्ताक्षर गरेका छन् ।

आर्थिक लेनदेनमा सामूहिक बलात्कार जस्तो घटना गुपचुप मिलाएको भन्दै नेपाल प्रहरीले दुईवटा छुट्टाछुट्टै समिति बनाएर छानविन गरिरहेको छ । मिलापत्र कागज गराउने कार्यमा संलग्न महानगरीय प्रहरी वृत्त दरबार मार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ ।

त्यस्तै मुद्दा शाखाका सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् भने दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा हाजिर गराइएको छ ।

यस्तो छ लिखित बयान :

‘६ महिना अगाडिदेखि रामेछापका शैलेश कार्की र म बीचमा चिनजान भई, हामीहरू बेलाबखत भेटघाट हुने, घुम्न जाने, सँगै बस्ने, खाने गर्ने गथ्र्यौं । हामीहरू विवाह गर्नेसमेत सरसल्लाह भइसकेको कारणले मलाई गते यकिन थाहा भएन ।

आजभन्दा अन्दाजी २ महिना अगाडि काठमाडौँ चक्रपथमा रहेको होटेल कम्पार्टमा एक रात हामीसँगै बसेकोमा निज र मेरो सल्लाह अनुसार नै हामीहरू बीच शारीरिक सम्पर्क समेत भएकोमा यस्तैमा मिति २०७४ माघ ७ गते रातिको समयमा काठमाडौँ–१ स्थित कमलादीमा रहेको होटल ल्यान्डमार्क एन्ड अपार्टमेन्टको कोठा नम्बर ४०५ बुक गरी हामीहरू दुवै जनासँगै बसेकामा हामीहरूले वाइन रक्सीसमेत सेवन गरेकामा उक्त दिनमा पनि हामीहरू दुवै जनाको सल्लाहमा एक पटक शारीरिक सम्पर्क भएकोमा पछि निज साथी शैलेस कार्कीसँग नसाको सुरमा वादविवाद भएको र निजले मलाई होटलमा नै छोडी गएको कारण मैले रिसको आवेगमा सोको भोलिपल्ट माघ ८ गते कमलपोखरी प्रहरी कार्यालयमा गई शैलेस कार्कीसमेत निजको साथीहरूले जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ ।

तर कुनै लिखित निवेदन जाहेरी दरखास्त पेश गरेको छैन । रिसको आवेगमा मलाई होटलमा जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गई जानकारी गराउनु मेरो गल्ती भयो । मलाई काहीँ कसैले पछि अनुचित यौनसम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता कुनै अनैतिक कार्यहरू गरेको छैन । अब आइन्दा यसै विषयलाई लिएर कहीँ कतै उजुरबाजुर गर्ने छैन । गरे गराएमा कानुन बमोजिम सजाय भोग्न तयार छु भनी या कागज लेखी लेखाई सहीछाप गरिदियौँ । साथै अनुसन्धानको सिलसिलामा यस कार्यालयमा ल्याइएको शैलेस कार्कीलाई निजकै आमा लक्ष्मी कार्कीले सकुसल जिम्मा बुझी लिई सहीछाप गरिदियौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?