कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
सारांश
- विराटनगर ,मंसिर ११ सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र राप्रपा राजतन्त्रनिकटका समर्थक रहेको बताएका छन् ।
- आइतबार विराटनगरमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका थापाले आफ्नो पार्टी राप्रपा र कांग्रेस दरबारनिकट रहेको बताएका हुन् ।
- बिपीले लिएको मेलमिलाप नीतिपछि दरबारसँग कांग्रेसको सम्बन्ध सधैँ मजबुत रहेको बताउँदै थापाले आफूहरूले पनि राजतन्त्रलाई समर्थन गरेकाले दुवै दरबारनिकट राजतन्त्र समर्थक भएको बताए ।
विराटनगर ,मंसिर ११ सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र राप्रपा राजतन्त्रनिकटका समर्थक रहेको बताएका छन् । आइतबार विराटनगरमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका थापाले आफ्नो पार्टी राप्रपा र कांग्रेस दरबारनिकट रहेको बताएका हुन् ।
बिपीले लिएको मेलमिलाप नीतिपछि दरबारसँग कांग्रेसको सम्बन्ध सधैँ मजबुत रहेको बताउँदै थापाले आफूहरूले पनि राजतन्त्रलाई समर्थन गरेकाले दुवै दरबारनिकट राजतन्त्र समर्थक भएको बताए । थापाले बिपीको मेलमिलाप नीतिसँगै दरबारसँग कांग्रेस र दरबारको सम्बन्ध रहेको कुरा अहिले पनि उत्तिकै मर्मका साथ बुझ्न आफ्ना मतदातालाई आग्रहसमेत गरे ।
बिपीले लिएको मेलमिलाप नीतिपछि दरबारसँग कांग्रेसको सम्बन्ध सधैँ मजबुत रहेको बताउँदै थापाले आफूहरूले पनि राजतन्त्रलाई समर्थन गरेकाले दुवै पार्टी दरबारनिकट राजतन्त्र समर्थक भएको बताए ।
विराटनगरको गुद्री चौकमा आयोजित सभामा सहभागीहरूलाई आग्रह गर्दै अध्यक्ष थापाले भने, ‘यसैले माया हुने सबैले लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्नुहोला ।’ कांग्रेसको रूख चिह्नमा भोट हालेर लोकतान्त्रिक गठबन्धनलाई जिताएमा हिन्दूराज्य कायम हुने उनले दाबी गरे ।
थापाले वामपन्थी शक्तिहरूको दम्भ र घमण्डका कारण देशमा राजनीतिक जटिलता आउन सक्ने अवस्था सिर्जना भएको आरोप लगाए । उनले राप्रपा कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘सबै नेताहरू कांग्रेस जिताउने अभियानमै लाग्नुहोस्, हाम्रा कोही उम्मेदवार छैनन् ।’ अध्यक्ष थापाले देशैभरि १५७ स्थान प्रतिनिधिसभा र ३१५ स्थान प्रदेश सभा सदस्यमा राप्रपाले नेपाली कांग्रेसलाई भोट हाल्ने र माग्ने काम गरिरहेको भन्दै प्रत्यक्षमा कांग्रेसलाई र समानुपातिकमा राप्रपालाई नै मत दिन आग्रह गरे ।
(नया पत्रिका बााट)
Kapil Bhatta
Fere badi bolo hai yes le
Harihar Bhandari
Kehi khubi nalagepaxi congres ra amle party Ko prasamsa ta garnu pareo ni
Devi Prasad Gurung
हरेक काेणबाट हेर्दा नेपाली राजनितीका सबैभन्दा धुर्त पात्र हुन कमल थापा। खुशीकाे कुरा चाहिँ अब नेपाली जनताले यिनलाई उपप्रधानमन्त्रीकाे रूपमा देख्नु पर्ने छैन।
Laxmi Sunar
सबैलाई थाहा भएकाे कुरा हाे।