पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना

सारांश

  • काठमाडौं, ४ चैत ।
  • पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना भएको छ ।
  • छिञ्चुदेखि वीरेन्द्रनगर हिडेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिकाको सप्तरीमा दुर्घटना भएको बताइएको छ ।

काठमाडौं, ४ चैत । पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना भएको छ । छिञ्चुदेखि वीरेन्द्रनगर हिडेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिकाको सप्तरीमा दुर्घटना भएको बताइएको छ ।

पूर्वगृहमन्त्री खड्का सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । खड्काका सहयोगी प्रहरी नायव निरीक्षक सञ्जीव आचार्य घाइते भएका छन् । घाइते आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित हुँदा सडकको भित्तामा ठोकिएको बताइएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?