स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ९, २०७३
|
|
१८८ पटक हेरिएको
Shares
स्थानीय चुनाव जसरी पनि कांग्रेसको पक्षमा पार्नुपर्छः कोइराला

सारांश

  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नेपाली कांग्रेसको पक्षमा पार्नुपर्ने बताएका छन् ।
  • उनले स्थानीय तहको निर्वाचन कांग्रेसको लागि जीवन मरणको लडाईं भएको बताए ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा नेपाली कांग्रेसको पक्षमा पार्नुपर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचन कांग्रेसको लागि जीवन मरणको लडाईं भएको बताए ।

मोरङको विराटनगरमा बुधबार आयोजित कार्यक्रममा कोइरालाले भने, ‘यतिका वर्षपछि हुन लागेको यो निर्वाचनको मत परिमाण हाम्रो पार्टीको पक्षमा आउनु पर्छ । पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक छ ।’

नेता कोइरालाले निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम संचालन गर्नपनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए । गुटबन्दी गर्ने जो कोहीलाई पार्टीले कार्वाही गर्ने कोइरालाले चेतावनी दिए ।

उनले निर्वाचनमा स्थानीय तहमा रुचाईका साझा व्यक्ति उम्मेदवारका रुपमा अघि सार्नुपर्ने धारणा पनि राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?