रुस्लान धनगढी प्रिमियर लिग– २ मा गोल्डस्टार शुज
सारांश
- काठमाडौं, ९ चैत ।
- धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी चैत्र १७ गतेदेखि शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग–२ प्रतियोगितामा गोल्डस्टार शुजले प्रायोजन सहयोग गर्ने भएको छ ।
- अध्यक्ष सुवास बि.
काठमाडौं, ९ चैत । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी चैत्र १७ गतेदेखि शुरु हुने रुस्लान धनगढी प्रिमियर लिग–२ प्रतियोगितामा गोल्डस्टार शुजले प्रायोजन सहयोग गर्ने भएको छ । अध्यक्ष सुवास बि. शाहीद्वारा जारी विज्ञप्तिमा सो कुराको जानकारी गराइएको छ ।
“प्रतियोगिता सफल पार्न हामीसँग विभिन्न सहयोगी हातहरु जोडिने क्रममा किरण शु म्यानिफेक्चर्सको गोल्डस्टार शुजले यस संस्करणमा पनि प्रायोजन सहयोगलाई निरन्तरता दिने भएको छ”, विज्ञप्तिमा भनिएको छ । दुबै पक्षबीच चैत ११ गते दिउँसो २ बजे दरवारमार्गस्थित रोयल सिंगी होटलमा प्रायोजन सम्झौता हुने बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया