नक्कली डाक्टर रोक्न औंठा छाप

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
नक्कली डाक्टर रोक्न औंठा छाप

सारांश

  • चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ ।
  • चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन खडेबाबा (नक्कली शिक्षक) राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको हो ।
  • मेडिकल कलेजमा पढाउने विषयगत शिक्षकको औंठा छाप लिन थालिएको काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले बताए ।

चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ ।

चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन खडेबाबा (नक्कली शिक्षक) राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको हो ।

मेडिकल कलेजमा पढाउने विषयगत शिक्षकको औंठा छाप लिन थालिएको काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले बताए । हालसम्म काठमाडौं बाहिरका सबै मेडिकल कलेजमा काउन्सिलको टोली गई विषयगत शिक्षकहरूको बायोमेट्रिक लिइसकेका छन् ।

काउन्सिल अध्यक्ष डा.बास्कोटाका अनुसार राजधानीका मेडिकल कलेजमा अध्यापनरत विषयगत शिक्षकको औंठाछाप रेकर्ड ल्याउने कार्य भइरहेको छ । रेकर्ड लिँदा बायोमेट्रिक डिभाइस प्रयोग गरिएको उल्लेख गर्दै उनले भने, ‘अनुगमनका क्रममा पछि जाँदा डिभाइसमा भएको रेकर्डअनुसार औंठाछाप मिल्छ कि मिल्दैन चेक गर्छौं । रेकर्डमा मिलेन भने कारबाहीको दायरामा ल्याउँछौं । अब खडेबाबाहरूको खैरियत छैन ।’

आजको अन्नपुर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?