स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २, २०७९
|
|
२३ पटक हेरिएको
Shares
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ।
  • हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन्।

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ।

हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन्। बालेनले स्थापितले प्राप्त गरेकोभन्दा ३ हजार १३० र सिंहकोभन्दा ३ जहार ५६६ बढी मत ल्याएका छन् । सिंहको भन्दा बालेनले दुई गुना बढी मत प्राप्त गरिसकेका छन्।

स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ६ हजार ६८८ हुन्छ। उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा ४ मत कम हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?