एमाले, काँग्रेस, माओवादीले उम्मेदवार निर्धारण गरे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • गाईघाट (उदयपुर), १६ जेठ ।
  • स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा (एमाले) र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन् ।
  • एमालेले सोमबार जिल्लाका आठवटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ ।

गाईघाट (उदयपुर), १६ जेठ । स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा (एमाले) र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन् ।

एमालेले सोमबार जिल्लाका आठवटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ ।

जिल्लाको त्रियुगा नगरपालिकामा एमालेले प्रमुखका लागि बलदेव चौधरी र उप्रमुखमा सृजना दनुवारको नाम सार्वजनिक गरेको छ । यस्तै कटारी नगरपालिकामा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख र उपप्रमुखमा भीमकुमारी राउत, बेलका नगरपालिकामा प्रमुखमा दुर्गाकुमार थापा र उपप्रमुखमा राजकुमारी चौधरी तथा चौदण्डी नगरपालिकामा प्रमुखमा नरेन्द्रबहादुर राउत र उपप्रमुखमा कान्ता राई रहेको कुरा एमाले प्रचार विभाग उदयपुरका प्रमुख परमेश्वर घिमिरेले बताउनुभयो ।

यस्तै, उदयपुरगढी गाउँपालिकाबाट एमालेले अध्यक्षमा मानबहादुर मगर र उपाध्यक्षमा सानु राउत, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, रौतामाई गाउँपालिकाको अध्यक्षमा गजेन्द्र खड्का र उपाध्यक्षमा कुमारीज्यू ठकुरी, सुनकोसी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्की रहेको एमाले उदयपुरले बताएको छ ।

यता नेपाली काँग्रेस उदयपुरले त्रियुगा नगरपालिकाको प्रमुखमा वसन्तकुमार बस्नेत र उपप्रमुखमा देवीकुमारी चौधरी, चौदण्डी नगरपालिकाको प्रमुखमा खगेन्द्र राई, बेलका नगरपालिकाको प्रमुखमा अशोक कार्की र उपप्रमुखमा दीपा राई, कटारी नगरपालिकाको प्रमुखमा ज्ञानेन्द्र मानसिंह राउत र उपप्रमुखमा सरस्वती ढुङ्गाना रहेका छन् ।

यस्तै, सुनकोसी गाउँपालिकाको अध्यक्षमा पुष्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाउँपालिकाको अध्यक्षमा डिकबहादुर ठकुरी र उपाध्यक्षमा धनमाया मगर, रौतामाई गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र थापा र उपप्रमुखमा धनमाया थापामगर, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईलाई उमेदवार निर्धारण गरेको कुरा काँग्रेस उदयपुर प्रचार विभाग प्रमुख मदनराज कटुवालले बताउनुभएको छ ।

यता नेकपा (माओवादी केन्द्र), उदयपुरले पनि जिल्लाका पाँच स्थानीय तहमा उमेदवार निर्धारण गरेको छ । जिल्लाको कटारी नगरपालिकाको प्रमुखमा केपी बराल र उपप्रमुखमा मीना कोइराला, बेलका नगरपालिकाको प्रमुखमा रमण भट्टराई र उपप्रमुखमा गङ्गासरी राई, सुनकोसी गाउँपालिकाको अध्यक्षमा मेजर राई र उपाध्यक्षमा सुना राई, उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा देव गिरी र उपाध्यक्षमा निर्मला मगर र ताप्ली गाउँपालिकाको अध्यक्षमा ढुङ्गराज विकलाई अध्यक्षमा नाम सिफारिस गरेको माओवादी केन्द्र उदयपुरका पार्टी अध्यक्ष विनोद कटुवालले बताउनुभएको छ ।

बाँकी तीन तहको लागि दुई दिनभित्र उम्मेदवार टुङ्गो लगाइने माओवादी केन्द्र उदयपुरले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक अर्ब ६२ करोड राजश्व मदिरा उद्याेगबाट मात्र !
एक अर्ब ६२ करोड राजश्व मदिरा उद्याेगबाट मात्र !
कोरोनाबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु
कोरोनाबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु
सरकारी वकिलको कार्यलयबाटै विवादास्पद फाइल गायब
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
मेलम्ची खानेपानीको सुरुङमा खन्न अब ३९ सय मिटर मात्रै बाँकी
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
श्रीलंकाका प्रधानमन्त्रीसहित ४४ सांसदले छाडे पार्टी
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
भक्तपुर क्षेत्र न. २ बामगठबन्धनका साझा उम्मेदवार महेश बस्नेत संग गरिएको विशेष कुराकानि “भिडियोसहित”
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
अनसनरत रुवी खानसँग सरकारको पाँचबुँदे सहमति, तोडिन् आमरण अनशन
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल
नेपाली कांग्रेस महासमिति सदस्य महताराले गरे यस्ताे अपिल

तपाईंले छुटाउनुभयो कि?