वडाध्यक्षले महिलालाई कुटे, अरुले हेरेर बसे!

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
वडाध्यक्षले महिलालाई कुटे, अरुले हेरेर बसे!

सारांश

  • लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो, एक युवकले लठ्ठीले कुटपिट गरे  महोत्तरी – अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् ।
  • सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल (नाम परिवर्तन) र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता (नाम परिवर्तन) लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए ।
  •  आजकोनागरिक दैनिकमा समाचार छापिएको छ ।

लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो, एक युवकले लठ्ठीले कुटपिट गरे 

महोत्तरी – अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् ।

सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय बाबुलाल (नाम परिवर्तन) र उनका भाइबुहारी पर्ने ४५ बर्षीया अनिता (नाम परिवर्तन) लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए । आजकोनागरिक दैनिकमा समाचार छापिएको छ ।

हातखुट्टा बाँधेर कार्यालयको बैठकमा बन्द गरी कुटपिट गरेको स्थानीयको भनाइ छ । यो घटनाको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले खैलाबैला मच्चिएको छ ।

कोठामा बाबुलाललाई लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो । गन्जी र पाइन्ट लगाएका युवक अमृत रायले उनलाई लठ्ठीले कुटपिट गरे ।

लठ्ठीको चोट सहन नसकी उनले आफूलाई जोगाउन गुहार मागिरहँदा पनि कसैले बचाउ गरेन ।

कोठामा कुर्सीमा बसेका पाँच सातजना स्थानीय रमिते बनेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पञ्चायतमा वडाध्यक्ष यादवले अनितालाई आफैले समेत कुटपिट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?