आज राती लिभरपुल र आर्सनल भिड्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
आज राती लिभरपुल र आर्सनल भिड्दै

सारांश

  • काठमाडौ १४,पुष।
  • प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल र पाँचौ स्थानमा रहेको आर्सनल आज नेपाली समयअनुसार राति ११ः१५ बजे लिभरपुलको घरेलु मैदानमा भिड्दै छन्।
  • अघिल्लो खेलमा न्यु क्यासल माथि प्रभावशाली जित निकालेको लिभरपुल सोही प्रदर्शनलाई निरन्तरता दिने योजनामा रहेको छ ।

काठमाडौ १४,पुष।प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल र पाँचौ स्थानमा रहेको आर्सनल आज नेपाली समयअनुसार राति ११ः१५ बजे लिभरपुलको घरेलु मैदानमा भिड्दै छन्।अघिल्लो खेलमा न्यु क्यासल माथि प्रभावशाली जित निकालेको लिभरपुल सोही प्रदर्शनलाई निरन्तरता दिने योजनामा रहेको छ ।

लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो र जरदान शाकिरी जस्ता खेलाडीहरुको साथ रहेको छ । उनीहरुले जुनसुकै बेलापनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् ।

यता, पाँचौ स्थानमा रहेको आर्सनल लिभरपुललाई उसकै मैदानमा पराजित गर्दै कम्तीमा पनि एक दिनको लागि भएपनि चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । तर, आर्सनललाई हेनरिक मिखटारियनको चोटले सताउनेछ । अघिल्लो खेलमा आर्सनल भने ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

१९ चरणका खेल सकिँदा लिभरपुल ५१ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्सनल ३८ अंक सहित पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?