विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस

सारांश

  • कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् ।
  • गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे ।
  • यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्जन गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

तर, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन् । शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस भएका हुन् ।

बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए । लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ । दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

परीक्षा प्रभावित
विद्यार्थी बेहोस भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ । अभिभावकले बोर्डिङ प्रशासन र गाँजा खुवाउने शिक्षकको चर्को विरोध गरेका छन् ।

विद्यार्थीलाई गाँजा खुवाएर गलत कार्य गरेको भन्दै तीन शिक्षकलाई जलवीरे प्रहरीले पक्राउ गरेको छ । शिक्षक सुरज बुढाथोकी, रोशन कार्की र समन राना मगरलाई प्रहरीले पक्रेको हो । बुढाथोकी भक्तपुर, कार्की रामेछाप र रानामगर महोत्तरीका हुन् ।

शिक्षकत्रयलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद खरेलले बताए । शिक्षक गाँजाले लठ्ठेकै अवस्थामा विद्यार्थीलाई पढाउने गरेको अभिभावकत्रय कुश थापा, चिनलाल सुनार र दीपक थापाले बताए । घटना लुकाउन बोर्डिङ स्कुलका फाउन्डर दिनेश खड्का, राम खड्का र राजु श्रेष्ठले बेहोस विद्यार्थीलाई विद्यालयबाट बाहिर निस्कन दिएका थिएनन् ।

तर, आफ्ना बच्चा नआएपछि अभिभावकले खोजी गर्दा बेहोस अवस्थामा भेटेका थिए । अभिभावकले तुरुन्त खबर गरेपछि शिक्षकलाई प्रहरीले पक्रेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
भारतका प्रधानन्यायाधीश फसे यौन दुराचारको आरोपमा
भारतका प्रधानन्यायाधीश फसे यौन दुराचारको आरोपमा
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
दुईजनाको रहस्यमय मृत्यु
दुईजनाको रहस्यमय मृत्यु
‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ प्रधानमन्त्री ओलीको टेलिकमलाई यस्तो प्रश्न
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे, गोबरग्यास प्लान्ट को उद्घाटन
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद

तपाईंले छुटाउनुभयो कि?