देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
सारांश
- काठमाडौं, ११ माघ ।
- प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ६५ वर्षमै वृद्वभत्ता दिने निर्णय गरेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
- पार्टी कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गरेर एमालेले वृद्वभत्ताको निर्णय सस्तो लोकप्रियता र प्रचारमुखीको जस्तो रहेको बताएको छ ।
काठमाडौं, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार ६५ वर्षमै वृद्वभत्ता दिने निर्णय गरेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गरेर एमालेले वृद्वभत्ताको निर्णय सस्तो लोकप्रियता र प्रचारमुखीको जस्तो रहेको बताएको छ ।
सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले आर्थिक संकट निम्त्याएर देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । यस्ता क्रियाकलाप गर्न नहुने भन्दै ओलीले यस्ता निर्णय देशको हितमा नरहेको बताए ।
उनले भने, ‘निश्चित व्यक्तिहरुको स्वार्थको लागि यो सरकारले काम गरिरहेको छ । देशको अर्थतन्त्र अफ्ठयारोमा परेको बेला झन अफ्ठयारेमा पार्ने सरकारले खेल खेलेको छ ।’
ओलीले सरकारलाई पैसा राख्ने ठाउँ भएन, त्यही भएर वितरण गरेर हल्का बनाउ लागेको होला भन्दै व्यग्ंयतामक शैलीमा सरकारविरुद्व आक्रोश पोखे । उनले सम्मेलनबाटै यस्ता गतिविधिहरु तत्काल बन्द गर्न आग्ह समेत गरे ।
‘यो सरकार संविधानको गलत व्यख्या गरेर झालझेल गरी अत्यन्तै गलत मनाशय बोकेको छ । यो सरकार काम नलाग्ने सरकार, यसलाई के गर्न हुन्छ, के गर्न हुँदैन्, थाहा छैन् ।’ ओलीले भने ।
अहिलेको सरकार यति निर्लज्ज छ, ‘कनिका छरेको भन्ने’ उख्खान हाल्दै ओलीले भने, ‘अहिलेको सरकारले ६५ वर्ष पुगेकालाई वृद्वभत्ता दिने निर्णय नीति नियम कार्यक्रम पेश गरेको हो कि, बजेट पेश गरेको हो बुझ्न सकिएन् ।’
वर्तमान सरकारले जनमतको कदर गर्दै सरकार हस्तान्तरण गर्नुपर्ने, त्यसमा पनि छिटो गर्नुपर्ने ठाउँमा देउवाजी झनै सरकार लम्ब्याउने तरखरमा रहेका ओलीले बताए ।

प्रतिक्रिया