उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
५६ पटक हेरिएको
Shares
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…

सारांश

  • २ जेठ, ललितपुर ।
  • राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ ।
  • ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।

२ जेठ, ललितपुर । राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ । ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।

महांकाल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २०८० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले १७२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भएकी छन् । उनले २२६३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला अधिकारीले १३९९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?