उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
सारांश
- २ जेठ, ललितपुर ।
- राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ ।
- ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।
२ जेठ, ललितपुर । राजधानी उपत्यकाभित्र स्थानीय तह चुनावको पहिलो नजिता एमालेको पक्षमा गएको छ । ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो ।
महांकाल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २०८० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले १७२२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, गाउँपालिकाका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी भएकी छन् । उनले २२६३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला अधिकारीले १३९९ मत प्राप्त गरेकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया