जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०८०
|
|
१७ पटक हेरिएको
Shares
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

सारांश

  • बेनी (म्याग्दी)।
  • जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।
  • मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो।

बेनी (म्याग्दी)। जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। मनोकांक्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो। जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन्।

अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन्। समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए। उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन्।

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ। क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हुँदै खयर पुग्न थालिसकेका थिए।

त्यसैगरी रघुगंगा गाउँपालिका-८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ। जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ। पानीको तलाउनमा रहेको डुंगा आकारको ढुंगामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ।

ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अंकित पुनले बताए। हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ। जनैपूर्णिमाको दिन आफ्नो मनोकाङ्क्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ। यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले पूजाआजा र भाकल गर्ने चलन छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा
दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा
नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)
नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)
९३ निर्माण कम्पनीलाई कालोसुचीमा!
९३ निर्माण कम्पनीलाई कालोसुचीमा!
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
गृह मोहले माओवादीमा लफडा, प्रचण्ड रिझाउँदै तीन नेता
गृह मोहले माओवादीमा लफडा, प्रचण्ड रिझाउँदै तीन नेता
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)

तपाईंले छुटाउनुभयो कि?