सरकार–विप्लवको मिलेमतोको संकेत -ओली र दाहाल( भिडियो रिर्पोट सहित)
सारांश
- काठमाडौं, ३० कार्तिक ।
- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार र नेत्रविक्रम चन्द विप्लवको मिलेमतोमा वामपन्थी गठबन्धनका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भएको बताएका छन्।
- प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा आयोजना गरेको विशेष पत्रकार भेटघाटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लवको मिलेमतोको संकेत देखिएको बताए।
काठमाडौं, ३० कार्तिक ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार र नेत्रविक्रम चन्द विप्लवको मिलेमतोमा वामपन्थी गठबन्धनका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण भएको बताएका छन्।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले बुधबार साँझ राजधानीमा आयोजना गरेको विशेष पत्रकार भेटघाटमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र विप्लवको मिलेमतोको संकेत देखिएको बताए।
दुवै नेताले आचारसंहिताविपरीत सरकारले विभिन्न निर्णय गरेको भन्दै त्यसलाई एकमुष्ठ रुपमा बदर गर्ने चेतावनी दिए । त्यसैगरी बुढीगण्डकी जलविद्युत् आयोजनाको लाइसेन्स रद्द गर्ने सरकारी निर्णयको उनीहरुले आलोचना गरे ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले रोल्पा आक्रमणमा संलग्न विप्लवका कार्यकर्ता छुटाउन कांग्रेसका मन्त्रीसमेत रहेका उम्मेदवारले गरेको कोसिस र अभिव्यक्तिले सरकार–विप्लवको मिलेमतोको संकेत गरेको बताए ।
दाहालले अन्य घटना हेर्दा समेत त्यस्तो आधार देखिएको भए पनि अहिले नै पूर्ण रुपमा आरोपित गर्ने पक्षमा नभएको बताए ।
उनले रोल्पा, रुकुम, भोजपुरसहितका स्थानमा वामपन्थी गठबन्धनविरुद्ध भएको आक्रमणमा मन्त्रीहरु संलग्न रहेर यस्तो काम भइरहेको छ कि भन्ने आधार देखिएको बताए ।
उम्मेदवारमाथि भएको आक्रमणको विरोध गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘सरकार कानमा तेल हालेर अनि दाँत देखाएर मुस्कुराएर बसेको छ । यसभित्र के छ ?’ वामपन्थी गठबन्धनका उम्मेदवारमाथि मात्रै आक्रमण भएको भन्दै त्यसले शंका उत्पन्न गराएको उनको भनाइ थियो ।
प्रतिक्रिया