प्रम ओली आराममा, प्रचण्ड देश दौडाहामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रम ओली आराममा, प्रचण्ड देश दौडाहामा

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण बढी आराम गरिरहेका छन् ।
  • उनी काठमाडौं बाहिर नगएको केही हप्ता भइसकेको छ ।
  • चिकित्सकले बढी धपेडी नगर्न सुझाव दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण बढी आराम गरिरहेका छन् । उनी काठमाडौं बाहिर नगएको केही हप्ता भइसकेको छ । चिकित्सकले बढी धपेडी नगर्न सुझाव दिएका छन् । उनको नियमित मृगौलाको डायलसिस गर्नुपर्ने अवस्था आएको जानकारीमा आइसकेको छ ।

ओली बढी समय बालुवाटारमा केन्द्रित भएर आराम गरिरहँदा अर्का अध्यक्ष प्रचण्ड देश दौडाहामा छन् । उनी पूर्व, मध्य र पश्चिम नेपालमा पालैपालो पुगिरहेका छन् । प्रचण्ड यो हप्ता पश्चिम नेपालमा पुगेका छन् । मंगलबार नेपालगञ्ज पुगेका उनी बुधबार दाङ पुगे । दाङमा प्रचण्डले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा प्रदेश नम्बर ५ का इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् ।

दाङमा पुगेर विहान प्रचण्डले कडा अभिव्यक्ति दिएका छन् । नेपालगञ्जमा पुगेर आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएको भोलिपल्ट महरा प्रकरण र लिपुलेक र कालापानीको विषयमा बोले । प्रचण्ड प्रशिक्षणमा प्रमुख अतिथि हुने भएपछि उल्लेख्य संख्यामा नेकपा कार्यकर्ता सहभागी भएका छन् ।

प्रचण्ड आसन्न उपनिर्वाचनलाई मध्यनजर गरेर पनि सक्रिय भएका छन् । ओली आराम गर्नुपर्ने भएकाले प्रचण्डको सक्रियता बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
असोज २१ गते बुधवारको राशिफल यस्तो छ
दशैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?
दशैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
अस्पतालले कामबाट हटाएपछि शरिरमा आगो लगाएका शिद्धार्थको मृत्यु
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय