एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ !

सारांश

  • काठमाडौं – एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ।
  • एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।
  • एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विषयालई थाती राख्दै मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा पेस गरेका थिए।

काठमाडौं – एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ।

एकता प्रक्रिया सहज बनाउन दुई पार्टी सम्मिलित दुई कार्यदलले विवादित केही विषयालई थाती राख्दै मिलेका विषयसहितको प्रतिवेदन एकता संयोजन समितिमा पेस गरेका थिए। एकता प्रक्रिया टुंग्याएर मात्रै प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा निस्किने भनेपछि दुवै कार्यदलले प्रतिवेदन तयार गरी चैत २० मा प्रतिवेदन बुझाएका थिए ।

तर, चैत २० र २२ मा बसेको एकता संयोजन समितिका दुवै बैठकमा सहमति जुटेन । अन्ततः प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै एकता संयोजन समितिको बैठक बसेर टुंग्याउन दुवै दल सहमत भए ।

प्रधानमन्त्री ओली भारतबाट फर्किएपछि डाकिएको मंगलबारको बैठक स्थगित भएको छ । दुवै पार्टीका शर्ष नेताको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । अर्को बैठक बुधबार डाकिएको छ । तर, अडानमा दुवै दल तलमाथि गर्ने अवस्थामा नभएकाले सहमति जुट्ने अवस्था कम छ। आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन
सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि
सिंचाई सचिव यादवको सम्मानसहित अन्त्येष्टि
भु– संरक्षण दिवशको अवसर पारेर लायन्स  क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण,
भु– संरक्षण दिवशको अवसर पारेर लायन्स क्लवले सिद्धबाबा धार्मिक बन बुटवल ३ मा बृक्षारोपण,
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
सामाखुसी खोलामा बगेर बेपत्ता बालक अझै फेला परेनन्
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने
क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने
बिश्व वातावरण दिवस यसरी मनाइयो
बिश्व वातावरण दिवस यसरी मनाइयो

तपाईंले छुटाउनुभयो कि?