सर्वोच्चले भन्यो “पशुपंक्षी ओहोरदोहोर गराउँदा निर्दयी नबन”

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सर्वोच्चले भन्यो “पशुपंक्षी ओहोरदोहोर गराउँदा निर्दयी नबन”

सारांश

  • काठमाडौं ।
  • सर्वोच्च अदालतले पशुपंक्षीलाई ओहोरदोहोर गराउँदा निर्दयी प्रकारले गर्न नहुने व्यवस्था गराई पशु ढुवानी मापदण्ड लागू गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
  • न्यायाधीशहरु मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले पशुलाई निर्दयी कार्य नगर्ने व्यवस्था गरी तत्काल पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्थालाई तत्काल लागू गर्नुगराउन कृषि तथा पशुपन्छी मन्त्रालयलगायतका नाममा परमादेश जारी गरेको हो ।

काठमाडौं । सर्वोच्च अदालतले पशुपंक्षीलाई ओहोरदोहोर गराउँदा निर्दयी प्रकारले गर्न नहुने व्यवस्था गराई पशु ढुवानी मापदण्ड लागू गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले पशुलाई निर्दयी कार्य नगर्ने व्यवस्था गरी तत्काल पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्थालाई तत्काल लागू गर्नुगराउन कृषि तथा पशुपन्छी मन्त्रालयलगायतका नाममा परमादेश जारी गरेको हो ।

आदेशमा पशु ढुवानी गर्दा कुनै पनि पशुलाई सहज हुने गरी राख्ने स्थान, वातावरण मैत्री सवारी साधनको व्यवस्था गर्नाका साथै ढुवानी गर्दा कुनै पनि पशुलाई नाके डोरीले बाँधी टाउकोमाथि पारि बाँध्ने र पशुको पुच्छर तथा खुट्टामा बाँधी तल बस्न नहुने गरी माथि तन्काई डोरी वा अन्य साधनले बाँध्ने खालको निर्दयी व्यवहार नगर्न भनिएको छ ।

पशुको ढुवानी गर्दा पशुलाई शरीरमा कुनै पनि असर नपर्ने गरी स्वच्छ वातावरण तथा प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी एक ठाउँबाट अर्को स्थानमा ढुवानी गर्ने व्यवस्था गर्नु गराउन पाइने छैन ।

मासुजन्य पर्दाथका लागि वा अन्य सन्दर्भमा समेत कुनै पनि पशुको ढुवानी गर्दा कुनै पनि सवारी साधनभित्र हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्यधिक चिसो र तातोबाट बचाई एकापसमा ठोकिएर अंगभंग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्ने व्यवस्था तत्काल गर्नु आदेश दिएको छ ।

पशु ढुवानी हुने सडकमा जाँचको पर्याप्त व्यवस्थासमेत गर्नाका साथै अबदेखि नियमित अनुगमनको कार्य थालनी गर्नु भन्ने उल्लेख छ । मासुजन्य पशु, पशुपन्छी र अन्य पशुको समेत अधिकार संरक्षणका लागि पशु कल्याण कानूनको निर्माण गर्न तत्काल पहल गर्नुसमेत आदेशमा भनिएको छ । अधिवक्ता पद्मबहादुर श्रेष्ठले पशुलाई अमानवीय तरिकाले ढुवानी गर्ने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालता रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दिनमा २० हजारले लिए अग्रिम टिकट
दुई दिनमा २० हजारले लिए अग्रिम टिकट
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
व्यक्तिगत सम्पत्तिको सुरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत
कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’
कतार एयरवेजबाट आएका पाँचजनाको नतिजा ‘नेगेटिभ’
हट्यो विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध
हट्यो विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
लतिला निवास प्रकरण : पक्राउ परेका दुई जना छुटे
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार