वीर अस्पतालको नाममा रहेको ५० रोपनी जग्गा नै हरायो!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
१६ पटक हेरिएको
Shares
वीर अस्पतालको नाममा रहेको ५० रोपनी जग्गा नै हरायो!

सारांश

  • भक्तपुर – स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।
  • विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो ।
  • १५ सय शय्याको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्यसाथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भएभन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छभन्ने बहस सुरु भएको छ ।

भक्तपुर – स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।

विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो ।

१५ सय शय्याको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्यसाथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भएभन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छभन्ने बहस सुरु भएको छ ।

अर्बौं रुपैयाँ पर्ने सो जग्गामा चीन सरकारले भौतिक पूर्वाधार निर्माणमा चासो देखाएपछि प्रतिष्ठानले जग्गा नापजाँच गरेको हो ।

नापजाँचका क्रममा ५० रोपनी जग्गा नै नभेटिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले जानकारी दिए ।

आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?