मुख्यमन्त्री शाह भन्छन् : सरकारले छिट्टै पूर्णता पाउँछ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
३४ पटक हेरिएको
Shares
मुख्यमन्त्री शाह भन्छन् :  सरकारले छिट्टै पूर्णता पाउँछ

सारांश

  • भजनी ।
  • सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।
  • कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, “सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं ।

भजनी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् ।

कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, “सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।”

उनले सरकारले पूर्णता पाएसँगै सरकारले गर्नुपर्ने कार्यले गति लिने बताएका छन् । अहिले चार मन्त्रालय मुख्यमन्त्री शाहले सम्हालेका छन् । सात मन्त्रालय रहेको प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका चार मन्त्रालयका लागि प्रदेशमा सहभागी दलबीच सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

सो अवसरमा उनले जनप्रतिनिधि र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताए । मुख्यमन्त्री शाहले सेवा प्रवाहमा नागरिकसँग जनप्रतिनिधि र कर्मचारी जोडिने गरेको भन्दै नागरिकले गरेको अपेक्षा अनुसार काम गर्ने गरी जिम्मेवार बन्नुपर्ने बताएका हुन् । 

“नागरिकले विश्वास गरेर नेतृत्व गर्न पठाएका हुन्छन् । हामीले नागरिकको विश्वास डगमगाउने गरी काम गर्नुहुँदैन”, मुख्यमन्त्री शाहले भने, “त्यसका लागि सेवा प्रवाह गर्ने कर्मचारी र नीति नियम बनाउने जनप्रतिनिधि जिम्मेवार हुनुपर्छ ।”उनले प्रदेश सरकारले यसअघिको सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए ।

“नराम्रा काम निरुत्साहित गर्दै राम्रा कामलाई निरन्तरता दिन्छौ”,मुख्यमन्त्री शाह भन्छन्, “स्थानीय सरकारले धेरै नागरिकले सुविधा पाउने खालका योजना माग गर्न म सुझाव दिन्छु ।” 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?