फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं १२ पुस ।
  • जिल्ला अदालत परिसर काठमाडौंबाट हत्कडी लगाएकै अवस्थामा एक फरार अभियुक्त पुनः फरार भएका छन् ।
  • ठाडो उजुरीका आधारमा प्रहरीले बुधबार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई कार्यालय बोलाएको थियो ।

काठमाडौं १२ पुस । जिल्ला अदालत परिसर काठमाडौंबाट हत्कडी लगाएकै अवस्थामा एक फरार अभियुक्त पुनः फरार भएका छन् ।

ठाडो उजुरीका आधारमा प्रहरीले बुधबार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई कार्यालय बोलाएको थियो । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका तामाङ र निवेदक पक्षबीच छलफल हुँदै गर्दा तामाङ फरार अभियुक्त भएको सूचना प्रहरीले पाएको थियो ।

लगत्तै महानगरीय प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंमा तामाङलाई बुझाएको थियो । प्रहरीले तामाङलाई अदालतको जिम्मा दिएर फर्किएलगत्तै उनी हातमा हत्कडी लगाएकै अवस्थामा भाग्न सफल भएका थिए ।

चोरी मुद्दामा तामाङविरुद्ध अदालतले २०७२ सालमा एक महिना १५ दिन कैद र ६ लाख ९० हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसयता तामाङ भाग्दै आएका थिए । –राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?