बैशाख १४ मा एकताको मिति तोक्न अझै कठिन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १२ वैशाख ।
  • गृहजिल्ला चितवन पुगेलगत्तै मंगलबार (११ बैशाख) मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलमा भने, ‘१४ बैशाखमा एमाले–माओवादी केन्द्रबीच एकताको नयाँ मिति तोकिनेछ।
  • ’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर चितवन ओर्लेका प्रचण्डले दुई पार्टीबीचको एकता बैशाखभित्रै एकता हुने दावी पनि गरे।

काठमाडाै, १२ वैशाख । गृहजिल्ला चितवन पुगेलगत्तै मंगलबार (११ बैशाख) मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलमा भने, ‘१४ बैशाखमा एमाले–माओवादी केन्द्रबीच एकताको नयाँ मिति तोकिनेछ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर चितवन ओर्लेका प्रचण्डले दुई पार्टीबीचको एकता बैशाखभित्रै एकता हुने दावी पनि गरे।

एकता संयोजन समिति अन्तर्गत गठित दुई कार्यदलले ९ बैशाखमा एकता गर्न सिफारिस गरेका थिए। तर, त्यो मितिमा एकता हुन सकेन। बरु संयुक्त रुपमा राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमका लागि तयार पारिएको बोर्डका कारण एमाले–माओवादी केन्द्रका नेतादेखि कार्यकर्ताबीचको आपसी सौहाद्र्धता समेत तोडिन पुग्यो।

राष्ट्रिय सभागृहमा उत्पन्न तनावपछिको तेस्रो दिन ११ बैशाखमामात्र एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भेट हुनसक्यो। तर, संयोजन समितिबाट विवाद सल्ट्याउने जिम्मा पाएपछि चौंथोपटक बसेको दुई नेताबीचको एक्लाएक्लै वार्तालेपनि एकता टुङ्ग्याउने विषयमा कुनै निष्कर्ष निकाल्न सकेन।

मंगलबार ओली–प्रचण्डबीच भएको ‘सहमति’ भनेको १४ बैशाखमा फेरि एक्लाएक्लै वार्ता गर्ने भन्नेमात्र हो। एमाले–माओवादी केन्द्रबीच केन्द्रीय कमिटीमा कुन पार्टीबाट कति सदस्य राख्ने भन्ने विवाद छ। र, यो विवाद ११ बैशाखको वार्ताले पनि केन्द्रीय कमिटीमा कुन पार्टीबाट कति सदस्य राख्ने भन्ने विषय टुङ्ग्याउन सकेन।

आफू बराबरीका आधारमा केन्द्रीय कमिटी निर्माण गर्न तयार रहेको ओलीले प्रचण्डसँग बताउने गरेका छन्। तर, ‘पार्टीका अरु साथीहरु यसो गर्न मानिरहेका छैनन्’ भन्दै लचिलो बनिदिन प्रचण्डसँग आग्रह गर्ने गरेका छन्। प्रचण्डले आफूमाथि पनि बराबरीविना एकता नगर्न पार्टीभित्रबाट दबाब रहेको जवाफ दिएका छन्।

स्रोतका भनाईमा, पार्टी स्थापना दिवसमा टाँगिएको बोर्डका कारण ओली प्रचण्डबीच सिर्जित असमझदारी हटेको छ। ‘पार्टी एकता गर्नुपर्छ भन्नेमा दुबै नेता अहिलेपनि बचनबद्ध छन्, तर पदीय भागबण्डा कसरी गर्ने भन्नेमा अझै सहमति जुट्न सकेको छैन’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘त्यसैले, १४ बैशाखको बैठकबाट पनि मिति तोक्न कठिन छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?