हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
३१ पटक हेरिएको
Shares
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु

सारांश

  • जेनेभा ।
  • सन् २०२३ को सुरुदेखि अहिलेसम्म हाइटीमा सामूहिक हिंसाका कारण दुई हजार चार सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
  • हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा यसै साता भएको सामूहिक हिंसामा परी ३० जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

जेनेभा । सन् २०२३ को सुरुदेखि अहिलेसम्म हाइटीमा सामूहिक हिंसाका कारण दुई हजार चार सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा यसै साता भएको सामूहिक हिंसामा परी ३० जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

“यस वर्षको जनवरी १ देखि अगस्ट १५ सम्ममा दुई हजार चार सय उनान्चालीस जनाको मृत्यु भएको छ भने ९०२ जना घाइते भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँगको साक्षातकारमा भने ।

यसबाहेक सोही अवधिमा ९५१ जनाको अपहरण भएको उनले बताए । सामूहिक हिंसाप्रति आक्रोश बढ्दै जाँदा लोकप्रिय न्याय आन्दोलन र आत्मरक्षा समूहको वृद्धिले थप हिंसालाई बढावा दिइरहेको उनले चेतावनी दिए ।

उनले भने,“अप्रिल २४ देखि अगष्टको मध्यसम्म ३५० भन्दा बढी व्यक्तिलाई स्थानीय हतियारधारी तथा स्वयंसेवक लडाकू समूहले मारेका छन् । तीमध्ये ३१० जना कथित गिरोहका सदस्य थिए र एक जना प्रहरी अधिकारी थिए ।”

राष्ट्रिय मानव अधिकार रक्षा सञ्जालले एएफपीलाई उपलब्ध गराएको अनुमानित विवरणअनुसार पोर्ट–ओ–प्रिन्सको क्यारेफोर–फ्युइल्स आसपासका घरहरूमा आगलागी हुनुका साथै दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

हाइटीको राजधानीको करिब ८० प्रतिशत हिस्सा आफ्नो नियन्त्रणमा राख्ने गिरोहका लागि यो क्षेत्र रणनीतिक क्षेत्र हो । हाइटीमा फिरौतीका लागि अपहरण, कार ज्याकिङ, बलात्कार र सशस्त्र चोरीजस्ता हिंसात्मक अपराधहरू सामान्य छन् । हालैका दिनहरूमा यस क्षेत्रमा भएको हिंसाका कारण करिब पाँच हजार बासिन्दाहरू भाग्न बाध्य भएको अधिकारीहरूले बताएका छन् ।

“यस हप्ता हाइटीबाट प्राप्त रिपोर्टले जनसङ्ख्यामा भइरहेको हिंसाको चरम क्रूरता र यसले उनीहरूको मानव अधिकारमा पारेको प्रभावलाई उजागर गरेको छ,” शामदासानीले भने ।

संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख भोल्कर तुर्कले ‘गम्भीर सुरक्षा स्थितिलाई सम्बोधन गर्न र कानूनको शासन पुनर्स्थापना गर्न हाइटी पुलिसलाई सहयोग गर्न’ गैर–संयुक्त राष्ट्र बहुराष्ट्रिय बल पठाउनको लागि अपीलमा तत्काल कदम चाल्न आह्वान गरेको उनले बताए ।

हाइटी वर्षौंदेखि आर्थिक, सुरक्षा र राजनीतिक सङ्कटमा फसेको छ । सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्याले स्थितिलाई थप अकल्पनीयरूपमा बिगारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६५ जनामा स्क्रब टाइफस
१६५ जनामा स्क्रब टाइफस
मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु
मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
पोखरामा पूर्वराजा ज्ञानेन्द्रको बढ्दो चलखेल, गोप्य बैठक र भेटघाट तिव्र
कार्यदलको रिपोर्टका आधारमा एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः भौतिक पूर्वाधार विशेष प्राथमिकतामा
अग्नीपीडित परिवारलाई राहत वितरण
अग्नीपीडित परिवारलाई राहत वितरण
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)

तपाईंले छुटाउनुभयो कि?