बलात्कार गरेर हातमा एक लाखको बिटो !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
बलात्कार गरेर हातमा एक लाखको बिटो !

सारांश

  • काभ्रे, १५ वैशाख ।
  • काभ्रेमा एक ब्यक्तिले महिलामाथि जवर्जस्ती गरी कतै उजुर बाजुर नगर्न भन्दै एक लाख रुपैया दिएको पाइएको छ ।
  • रोशी गाउँपालिका १घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा बस्दै आएका ५२ वर्षीय रामशरण दमाईले वडा नं ३ कुण्डलेस्थित आफ्नै खेतमा तोरी लिन गएकी २६ वर्षीया युवतीलाई जबरजस्ती गरेका थिए ।

काभ्रे, १५ वैशाख । काभ्रेमा एक ब्यक्तिले महिलामाथि जवर्जस्ती गरी कतै उजुर बाजुर नगर्न भन्दै एक लाख रुपैया दिएको पाइएको छ ।

रोशी गाउँपालिका १घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा बस्दै आएका ५२ वर्षीय रामशरण दमाईले वडा नं ३ कुण्डलेस्थित आफ्नै खेतमा तोरी लिन गएकी २६ वर्षीया युवतीलाई जबरजस्ती गरेका थिए ।

श्रीमान् विदेश गएको मौका पारेर ति युवतीलाई दमाईले बलात्कार गरेका थिए ।

२०७४ चैत १ गते युवतीलाई जबरजस्ती गरी कसैलाई नभन्नु भने मारिदिन्छु भन्दै धम्की दिए । युवती रुँदै तोरी लिएर फर्किन् । केही समय उनले घरमा घटनाबारे केही भन्न सकिनन् ।

सासुसँगै रहेकी ती युवतीले केहीदिनपछि घटनाबारे आमाजु र जेठानीलाई भनिन् । उनका श्रीमान् ७ वर्षदेखि कतारमा छन् । उनी परिवारकी कान्छी बुहारी हुन् यसैबीच दमाईँले चैत २१ गते एकान्तमा लगेर घटनाबारे समाजमा नभन्न र प्रहरीमा उजुरी नगर्न दबाब मात्र दिएनन्, युवतीका ससुराको हातमा एक लाख रुपैयाँ थमाइदिए ।

पैसा नलिए बाँकी नराख्ने धम्की दिएपछि युवतीका ससुराले नोटको बिटो समाए । तर चैत २२ बिहान बुहारीले जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चोकमा उजुरी दिइन् ।

यससँगै प्रहरीले दमाईँलाई पक्राउ गरी वैशाख १३ गते पुर्पक्षका लागि थुनामा राखेको छ । दमाईँले युवतीका श्रीमान् विदिेश गएदेखि प्रेम रहेको र सहमतिमै सम्बन्ध राख्दै  आएको बयान दिएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Raksh Maharjan

    tyo balatkari damaye ko saman nai katdinu parcha …

      Comment Author

      Ganesh Basnet

      अनी हात म २ लाख को बिटो राखी दिनु पर्छ कि कसो Rakesh Jee

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?