पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १७, २०७९
|
|
३९ पटक हेरिएको
Shares
पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

सारांश

  • काठमाडौँ ।
  •  देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
  •  तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौँ उपत्यकाको आकाश पनि धुम्म छ ।

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौँ उपत्यकाको आकाश पनि धुम्म छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

सोमबार प्रदेश १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anmelden

    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/de-CH/register-person?ref=S5H7X3LP

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?