चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,

सारांश

  •   ७ भदौ, काठमाडौं ।
  • आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् ।
  • देउवाको भारत भ्रमणदेखि बाढीका विभिन्न असरबारे पत्रपत्रिकामा पढ्न पाइन्छ ।

 

७ भदौ, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएर छापेका छन् । देउवाको भारत भ्रमणदेखि बाढीका विभिन्न असरबारे पत्रपत्रिकामा पढ्न पाइन्छ ।

चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् जम्बो हुन पुगेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । पत्रपत्रिकाका अनुसार ०५२ सालमा ५२ मन्त्री बनाएर नयाँ रेकर्ड बनाएका देउवाले ५० मन्त्री थप्दा अझै ४ मन्त्रालयले मन्त्री पाएका छैनन् ।
बाढी र पहिरोबाट सडक थिलोथिलो भएको छ । सडकमा झन्डै ४ अर्ब बराबरको क्षति पुगेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको भारतभ्रमणको चर्चा पनि पत्रपत्रिकाले गरेका छन् ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जान लागेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । बाँधलाई कार्यसूची बताउन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई दिएको सुझावलाई गोरखापत्रले एंकर बनाएको छ ।

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको व्यवस्थापनले तेल ढुवानीमा तीन करोड लुट गरेको खबरलाई नागरिक दैनिकले मुख्य खबर बनाएर लेखेको छ । नागरिकमै डलर तस्करीका आरोपितलाई नेपाल वायुसेवा निगमले लाखौं खर्चेर तालिमका लागि विदेश पठाउन लागेको लेखेको छ । सहीदपत्नीले सीमा विवाद सदाका लागि हल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको सुझावलाई पनि नागरिकले स्थान दिएको छ ।

कान्तिपुर दैनिकले देउवाको मन्त्रिपरिषद् इतिहासकै जम्बो भएको लेखेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले पञ्चेश्वर असफल भएको लेखेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?