राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण

सारांश

  • रत्ननगर, चितवन, १७ वैशाख , राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
  • उहाँले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
  • आइतबार रत्ननगरस्थित गामबँेशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ काउलेकी सात वर्षीया मायाँ चेपाङलाई उहाँले कक्षा १ मा भर्ना गराउनुभयो ।

रत्ननगर, चितवन, १७ वैशाख , राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । उहाँले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

आइतबार रत्ननगरस्थित गामबँेशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ काउलेकी सात वर्षीया मायाँ चेपाङलाई उहाँले कक्षा १ मा भर्ना गराउनुभयो ।

यस्तै रत्ननगरको जनजागृति माविमा पनि स्थानीय अरुण रम्तेललाई कक्षा १ मा भर्ना गराएर उहाँले अभिभावकत्व ग्रहण गर्नुभएको हो । गामबेँशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै दाहालले चेपाङ बालबालिकाको अभिभावक बन्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही कार्यक्रममा गामबेँशी चेपाङ संरक्षण केन्द्रले चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई कदरपत्रसहित सम्मान गरेको थियो ।

चेपाङको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै अधिकारीलाई सम्मान गरिएको केन्द्रले जनाएको छ । राष्ट्रियसभा उपाध्यक्ष दाहालले उहाँलाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।

चेपाङ संरक्षण केन्द्रले राष्ट्रियसभा उपाध्यक्ष दाहाललाई आइतबार नै सल्लाहकार मनोनयन गरेको छ । कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक रामबहादुर मगरले विभिन्न क्षेत्रबाट आएको सहयोगले चेपाङ बालबालिका आवासीय रुपमा पठनपाठन गरिरहेको बताउनुभयो ।

चेपाङ संरक्षण केन्द्रमा विद्यालय बाहिर रहेका र बीचैमा छाडेका विपन्न परिवारका १०० भन्दा बढी चेपाङ बालबालिका बसेर अध्ययन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?