रियल मड्रिड छाडेको १० वर्षपछि आर्जेन रोबेनले खुलाए मड्रिड छोड्नुको कारण
सारांश
- काठमाडौं।
- आर्जेन रोबेनले रियल मड्रिड छाडेको १० वर्षपछि त्यतिबेलाको ‘कष्टकर बहिर्गमन’बारे बोलेका छन् ।
- उनले रियल मड्रिडभित्रको ‘राजनीति’ र क्रिष्टियानो रोनाल्डोको आगमन मात्र आफू बाहिरिनुको कारण नभएको उल्लेख गर्दै त्यतिबेला बायर्न म्युनिख जाने आफ्नो निर्णय आफ्नो करिअरकै सर्वोत्कृष्ट निर्णय भएको बताएका छन् ।
काठमाडौं। आर्जेन रोबेनले रियल मड्रिड छाडेको १० वर्षपछि त्यतिबेलाको ‘कष्टकर बहिर्गमन’बारे बोलेका छन् । उनले रियल मड्रिडभित्रको ‘राजनीति’ र क्रिष्टियानो रोनाल्डोको आगमन मात्र आफू बाहिरिनुको कारण नभएको उल्लेख गर्दै त्यतिबेला बायर्न म्युनिख जाने आफ्नो निर्णय आफ्नो करिअरकै सर्वोत्कृष्ट निर्णय भएको बताएका छन् ।
३५ वर्षे यी विंगरले भोलि हुने डिएफबी पोकलको फाइनलपछि बुन्डेसलिगा च्याम्पियनसँगको दशक लामो सहकार्य अनत्य गर्नेछन् । यो दश वर्ष रोबेनको लागि निकै सफल रह्यो । उनी सहभागी भएको टिमले लगातार ७ पटक बुन्डेसलिगाको उपाधि जित्यो । समग्रमा उनले ८ बुन्डेसलिगा जिते । ४ पटकको डिएफबी पोकल विजेतासँगै उनले २०१३ मा च्याम्पियन्स लिग पनि जितेका छन् । तर, यदि २००९ को समरमा रियल मड्रिडमा त्यो ठूलो परिवर्तन नभएको भए यो स्थिति आउने थिएन ।
त्यतिबेला रोबेनले बर्नबाउमा मात्रै २ सिजन पूरा गरेका थिए जतिबेला रियलमा फ्लोरेन्टो पेरेज आए । त्यसपछि रियलमा ठूला परिवर्तन भए तीमध्येको एक थियो क्रिष्टियानो रोनाल्डोलाई त्यतिबेलाको सर्वा्धिक महंगो मूल्यमा म्यान्चेस्टर युनाइटेडबाट भित्र्याउनु । त्यतिबेला रोबेन त्यो समूहमा थिए जसलाई रियलबाट बाहिरको बाटो देखाइएको थियो । र, रोबेन भन्छन् त्यतिबेला उनले गर्न सक्ने कुरा निकै कम थियो किनकि त्यो निर्णय सबै फुटबलको पक्षमा भएको थिएन ।
‘रियलको अध्यक्ष फेरिएपछि मेरो लागि निकै कठिन स्थिति बन्यो ‘रोबेनले गोल डटकम र स्पोक्ससँग कुरा गर्दै भने ‘त्यहाँ स्थिति निकै असहज थियो तैपनि राम्रो खेलें तर जब खेलमा राजनीति घुस्यो र राम्रो खेलेर पनि अवसर नपाउने स्थिति आयो त्यसपछि या त संघर्ष गरिराख्नुपर्छ या त बाहिर निस्केर अन्यत्र करिअर बनाउन थाल्नुपर्छ । कारण रोनाल्डो मात्र होइनन् । पेरेज क्लवको अध्यक्ष भएर आए । उनले त्यसपछि रोनाल्डोमात्र होइन काका, बेन्जेमा र जाबी अलोन्सोलाई ल्याए ।’
उनले अगाडि भने ‘रियलले ठूलो रकम खर्च गरेको थियो र हामीलाई भनिएको थियो कि क्लवले खेलाडी बेचेर पनि केही रकम जम्मा गर्ने तयारी गरेको छ । मेरो लागि यो लाजमर्दो कुरा थियो किनकि मेरो पूर्व प्रशिक्षक म्यानुएल पेल्लेग्रिनीसँग राम्रो सम्बन्ध थियो । र, सम्भवतः त्यतिबेला मेरो प्रि सिजन करिअरकै उत्कृष्ट थियो ।’ तर, रोबेनले त्यसपछि बायर्न रोजे । बायर्नका क्याप्टेन मार्क भान बोमेल र कोच लुइस भान गालले रोबेनलाई बायर्न ल्याउन ठूलो भूमिका खेलेका थिए ।
प्रतिक्रिया