बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
३२ पटक हेरिएको
Shares
बाइडेनको जीतलाई विश्व शेयर बजारले यसरी गर्याे स्वागत, तेलको मूल्यमा उछाल

सारांश

  • एजेन्सी, २४ कार्तिक।
  • जो बाइडेनको जीतलाई विश्व शेयर बजारले स्वागत गरेको छ ।
  • अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडेनको जीतसँगै सोमबार विश्व शेयर बजारका साथै तेलको मूल्यमा उछाल देखिएको छ ।

एजेन्सी, २४ कार्तिक। जो बाइडेनको जीतलाई विश्व शेयर बजारले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडेनको जीतसँगै सोमबार विश्व शेयर बजारका साथै तेलको मूल्यमा उछाल देखिएको छ । बिडेन राष्ट्रपति पदमा आएसँगै अधिक मौद्रिक प्रोत्साहनको अपेक्षासँगै शेयर बजारमा बढोत्तरी देखिएको हो ।

यसदिन एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्समा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ । जबकि नास्डाक फ्यूचर्स २ प्रतिशतभन्दा अधिकले बढेको छ । यो अमेरिकी बजारका लागि सकारात्मक संकेतका रुपमा रहेको बताइएको छ ।

यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेर ६१३.९५ बिन्दुमा पुगेको छ । यो सन् २०१८ जनवरीपछिको उच्च बढोत्तरी हो । यो सूचक गत हप्ता ६.२ प्रतिशतले बढेर जून पछिको उच्च साप्ताहिक बढोत्तरी देखियो ।

बाइडेनको जीसँगै अमेरिकासँगको व्यापार सम्बन्ध राम्रो हुने अपेक्षासँगै यसदिन चिनीयाँ शेयर ब्लू–चिप सूचक १ प्रतिशतले बढेर कारोबारको सुरुवात गर्याे ।

यता जापानको एन२२५ सूचक २ प्रतिशतले बढ्यो, जबकि अस्ट्रेलियाको मुख्य सूचक एएक्सजेओ, हङकङको एचएसआई र दक्षिण कोरियाको केएस११ सबै सूचकमा १.७ प्रतिशतको बढोत्तरी देखियो ।

विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीका कारण चिन्तित लगानीकर्ताहरुमा बिडेनको जीतसँगै थपिएको उर्जाका कारण सोमबार तेलको मूल्यमा उछाल देखिएको छ । यसदिन ब्रेन्ट क्रुड १ डलरले बढेर प्रतिब्यारेल ४०.४८ डलर कायम भएको छ । मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?