‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’

सारांश

  • सुर्खेत, १९ वैशाख,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताउनु भएको छ ।
  • आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपालसँगको भेटमा मुख्यमन्त्री शाहीले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।
  • प्रदेश सरकारको समग्र ध्यान यहाँको विकास र समृद्धिमा रहेको जनाउँदै उहाँले प्रदेश समृद्धिको योजनामा यी तीनवटै समुदाय उच्च प्राथमिकतामा रहने वचन दिनुभयो ।

सुर्खेत, १९ वैशाख,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताउनु भएको छ ।

आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपालसँगको भेटमा मुख्यमन्त्री शाहीले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रदेश सरकारको समग्र ध्यान यहाँको विकास र समृद्धिमा रहेको जनाउँदै उहाँले प्रदेश समृद्धिको योजनामा यी तीनवटै समुदाय उच्च प्राथमिकतामा रहने वचन दिनुभयो । लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्ने राजी समुदायको आयआर्जनका साथै होमस्टे सञ्चालन गर्न प्रदेश सरकारले चालु आवमै १० वटा परम्परागत घर निर्माणार्थ अनुदानको व्यवस्था गर्ने उहाँको भनाइ थियो ।

त्यसैबीच, परम्परागत संस्कृति झल्कनेगरी होमस्टे सञ्चालनको तयारी गर्नसमेत मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थानको टोलीलाई आग्रह गर्नु भएको थियो ।
लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालबहादुर राजीले नेपालको संविधानमा अल्पसंख्यक र अपाङ्गता भएका समुदायलाई एउटै समूहमा राखेर आरक्षणको व्यवस्था गरिँदा आफूहरुलाई अन्याय भएको बताउनुभयो । यो समुदाय उत्थानका लागि संविधानमा अल्पसंख्यक भनेर तोकेरै आरक्षित समूह भनेर व्यवस्था गर्न अध्यक्ष राजीले माग राख्नु भएको थियो ।

(https://www.controleng.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?