सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)

सारांश

  • काठमाठौं, २० वैशाख ।
  •  गृह मन्त्रालयले रोकिएको सरुवा–बढुवा अघि बढाउन निर्देशन दिएसँगै सशस्त्र प्रहरी बलको मुख्यालयले डिआइजीको बढुवा प्रक्रिया थालेको छ  ।
  • संगठन प्रमुख शैलेन्द्र खनाल एसएसपीपछि बढुवा पछि डिआइजीकाे बढुवा  तयारीमा जुटेको स्रोतले जानकारी दिएको छ ।

काठमाठौं, २० वैशाख । गृह मन्त्रालयले रोकिएको सरुवा–बढुवा अघि बढाउन निर्देशन दिएसँगै सशस्त्र प्रहरी बलको मुख्यालयले डिआइजीको बढुवा प्रक्रिया थालेको छ  ।

संगठन प्रमुख शैलेन्द्र खनाल एसएसपीपछि बढुवा पछि डिआइजीकाे बढुवा  तयारीमा जुटेको स्रोतले जानकारी दिएको छ ।

सशस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागि लविङमा छन् । सशस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सूचीमा छन् । यसमा आफू निकटलाई पहिलो बनाउन संगठनभित्र चलखेल शुरु भएको समाचार स्रोतले जानकारी गराएको छ ।

बढुवा सूचीमा पर्नेमा प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायण दत्त पौडेल, गोविन्द क्षेत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत छन् ।

यीमध्ये सबैको एसएसपीमा बढुवा भएको मिति भने फरक–फरक छ । एसएसपीहरु प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल र नारायण दत्त पौडेल २०७० साल जेठ दुई गते बढुवा भएका थिए भने सीपी गौतम र गोविन्द्र क्षेत्री २०७० साल साउन २ गते बढुवा भएका थिए । त्यसैगरी एसएसपीहरु हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत भने २०७१ साल पुष २१ गते एसएसपीमा बढुवा भएका थिए ।

यीमध्ये प्रजा भक्त प्राविधिक इन्जिनियर हुन् भने उनको कार्य सम्पादन समेत सन्तोषजनक छैन् । सशस्त्रमा प्राविधिक अधिकृत नै संगठनको प्रमुख भएकाले उनि पनि बढुवाको सूचीमा छन् । यसैगरी संजय राणा आइए पास मात्र छन् । सशस्त्रको नियमावली अनुसार डिआइजी पदको लागि बिए उत्तीर्ण हुनुपर्छ । यस हिसावले उनी डिआइजीको लागि योग्य उम्मेद्वार नहुने जनाइएको छ । तर पनि उनी प्रतिष्पर्धाको मैदानमा छन् । राणा सेनाबाट सशस्त्रमा आएका सिनियर अधिकारी हुन् । राणाले अहिले एआइजी रहेका सशस्त्रका अधिकारीभन्दा पहिले नै सेवा प्रवेश गरेका थिए ।

एसएसपी भरत श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् । उनले पनि आइए मात्र पास गरेका छन् । यस हिसावले उनी पनि योग्य उम्मेदवार होइनन् । एसएसपीहरु गोविन्द क्षेत्री, भरत श्रेष्ठ र सञ्जय राणा तीनै जना सेनाको २९ बेसिकका अधिकृत हुन् । बढुवाको सूचीमा रहेका नारायणदत्त भने सशस्त्रमा राम्रो छवि भएका अधिकारी मानिंदैनन् । नारायण पूर्वको बराह बाहिनीमा हुँदा चेन अफ कमाण्ड बे्रेक गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए । पौडेलमाथि रेकर्डमा जनाउने गरी कार्वाही भएको थियो । एसएसपी पौडेललाई ककनीको सशस्त्रको तालिम केन्द्रमा प्रमुख हुँदा विदा छाडेर रासनमा अनियमितता गरेको अभियोगमा समेत लागेको थियो ।

नारायणदत्तलाई अहिले आइजी शैलेन्द्र खनालले बढुवाको पहिलो नम्बरमा राख्ने कसरत गरिरहेको समाचार स्रोतको दावी छ । उनी नारायणदत्तलाई आफ्नो सचिवालयमा ल्याउन चाहन्छन् । यद्यपी बढुवा प्रक्रिया शुरु भएको छैन तर, आफू निकट नारायणदत्तलाई पहिलो नम्बरको डिआइजी बनाएर सचिवालयमा तान्ने उनको योजना रहेको छ । बढुवाको दौडमा रहेका एसएसपी राजु अर्याल व्यवसायकी अधिकृत मानिन्छन् । उनी आफ्नो ब्याचमा समेत एक नम्बरमा रहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?